शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने

विराटनगर १३ चैत । बालेन्द्र साह नेतृत्वको सरकारले शासकीय सुधारका सय कार्यसूची अघि सारेको छ ।

आज मन्त्रिपरिषद बैठकले कार्यसूची स्वीकृत गरेको हो ।

उक्त कार्यसूची सार्वजनिकरुपमा प्रकाशित गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।