विराटनगर ५ चैत । मोरङको बूढीगंगा गाउँपालिका–३ मा बुधबार दिउँसो भएको आगलागीबाट बिस्थापित मुसहर बस्तीमा बिहिवार कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत सामाग्री वितरण गरेको छ ।
आगलागीबाट बस्तीका ११ वटा घर जलेर खरानी भएको थियो । बिस्थापित परिवार अहिले स्थानिय जनता आधारभुत बिद्यालयमा बसिरहेका छन् । आन्तरिक मामिला तथा कानून राज्यमन्त्री उमाकान्त गौतम सहित, गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृता कुमारी गच्छदार, प्रदेश बिपद् ब्यवस्थापन समितीका सदस्य रामकुमार दाहाल, मन्त्रालयका जिन्शी शाखा प्रमुख देवराज भट्टराईले पिडित परिवारलाई राहत हस्तान्तरण गर्नुभएको थियो ।
तत्कालका लागि खाध्य सामाग्री,लत्ताकपडा र भाडावर्तनका सामाग्री हस्तान्तरण गरिएको र अस्थायी आवास तथा दीर्घकालीन पुनःस्थापनाको लागी थप समन्वय गर्दै अघि बढ्ने राज्यमन्त्री गौतमले बताउनुभएको थियो ।