विराटनगरमा घर प्रदर्शनी हुने

विराटनगर ५ चैत । विराटनगरमा आगामी चैत १२ देखि १६ गते सम्म घर निर्माण प्रदर्शनी हुने भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा पहिलो पटक घर निर्माण प्रर्दशनी हुने भएको हो ।

आयोजक उद्योग संगठन मोरङले आज पत्रकार सम्मेलन गरि व्यवसाय देखि व्यवसाय तथा व्यवसाय देखि उपभोक्ता नेटवर्किङलाई प्रर्वद्धन गर्ने उद्देश्यले घर निर्माण प्रर्दशनी आयोजनाको तयारी गरिएको जनाएको छ ।
संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग संगठन मोरङले कोशी प्रदेशमा पहिलो पटक घर निर्माण प्रदर्शनी आयोजना गरेको बताउनुभयो । उहाँका अनुशार विराटनगर जैन भवन परिसरमा हुने प्रर्दशनीमा ७५ वटा स्टलहरु रहने छन् ।

प्रर्दशनीमा डिजाईन तथा प्लानिङ अन्तरगत वास्तुकला, संरचनात्मक इञ्जिनियरिङ तथा वास्तु परामर्श सेवा, निर्माण सामाग्री अन्तरगत सिमेन्ट, इटा, स्टिल, वाटरप्रुफिङ र इन्सुलेसन स्यानिटरी तथा प्लम्बिङ अन्र्तगत पाइप, फिटिङ, फिक्स्चर र पानी प्रशोधन प्रणाली तथा विद्युत तथा उर्जा अन्तरगत वायरिङ, स्विच, सौर्य प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्ड प्रुफिङ तथा सेफ्टी सुरक्षा जस्ता उत्पादन र सेवाहरु रहने अध्यक्ष राठीले बताउनुभयो ।

प्रदर्शनी अवधिभर दैनिक २ घण्टाको विशेष शत्रहरु पनि सञ्चालन हुने घर निर्माण प्रदर्शनीका संयोजक सुरेन्द्र गोल्छाले जानकारी दिनुभयो । विषयगत शत्रहरुमा चैत १३ गते सुरक्षित र सही निर्माण : मापदण्ड, गुणस्तरिय सामग्री तथा जोखिम न्युनीकरण, चैत १४ गते स्मार्ट डिजाईन : वास्तु, इन्टेरियर र प्राविधिक योजना, चैत १५ गते स्मार्ट घर र आधुनिक जीवनशैली रचैत १६ गते मर्मत संहार तथा ट्रिटमेन्ट : संरक्षण, मर्मत र भवन आयु बृद्धि रहेको बताईएको छ । विशेष शत्रहरु हरेक दिन विहान ११ वजेदेखि शुरु हुने प्रदर्शनी संयोजक गोल्छाले बताउनुभयो ।