कृष्ण प्रणामी मन्दिर सलकपुरमा अन्तरराष्ट्रिय धार्मिक महोत्सव हुने

विराटनगर ४ फागुन । मोरङको सुन्दरहरैचा स्थित कृष्ण प्रणामी मन्दिर सलकपुरमा अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने भएको छ ।

कृष्ण प्रणामी मन्दिर सेवा आश्रमको स्वर्णजयन्तीका अवसरमा सुन्दरहरैचा–९ मा आगामी बैशाख १ गतेदेखि ७ गते सम्म अन्तराष्ट्रिय धार्मिक महोत्सव हुने प्रचारप्रसार उपसमितिका संयोजक शिवलाल भट्टराई (शरण)ले जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय धार्मिक महोत्सवमा १०८ श्रीमत तारतम सागर पाठ पारायण, वानी चर्चा, श्रीमद् भागवत कृष्ण कथा ज्ञान महायज्ञ, संतसम्मेलन तथा विविध धार्मिक, साकृतिक कार्यक्रमहरु आयोजना हुने बताईएको छ ।

महोत्सवको अवसरमा आद्दधर्मपीठ श्री ५ नौतनपुरी धामबाट धर्माचार्य अनन्त श्री विभूषित जगतगुरु कृष्णमनिजी महाराज, श्री महामगलापुरी धाम सुरताका गादिपति जगतगुरु आचार्य अनन्त श्री विभूषित सूर्यनारायण दास्जी महाराज, श्री ५ पद्मावातिपुरी धाम मन्दिर ट्रस्टका परमहश श्री १०८ सदानान्दाजी माहाराज, एव राष्ट्रिय तथा अन्तरास्ट्रिय सन्त मनिशिहरु, धर्माचार्यहरु, सन्तगण, विद्दान विदुषी, उद्योगी, व्यापारी, कर्मचारी, विशिस्ट व्यक्तित्व लगायतको उपस्थिति रहने प्रचारप्रसार उपसमितिका संयोजक शिवलाल भट्टराई (शरण)ले जानकारी दिनुभयो ।