प्रकाशित : ९ असार २०७५, शनिबार १६:०२

पथरीशनिश्चरे, ९ असार । Viagra Jelly online, zithromax online. वर्षाका कारण मोरङ र झापाका होचो भूभागका वस्ती डुवानमा परेका छन् । सडक तथा कल्भर्टमा बाढीले क्षति पुर्याएको छ ।

झापाको दमक तथा दक्षिणी क्षेत्र डुवानमा परेको छ । मोरङको पथरीशनिश्चरे, उर्लावारी लगायतका क्षेत्र पनि उसैगरी डुवानमा परेका छन् । पथरीशनिश्चरे १ मन्दिरलाईन पूर्व दक्षिणको भाग डुवानमा परेको छ । वडा नम्वर २ को वुद्धचोक दक्षिण छयालिसविघे क्षेत्रको १ किलोमिटर सडक क्षेत्रमै बाढी वगिरहेकोले यातायातमा समस्या भएको छ ।

छयालिसविघे पूर्व नयाँ स्वास्थ्य चौकी भवन उत्तरको नयाँ सडक ग्राभेल वगाउनुका साथै सडक क्षेत्र नै भत्काएर पानीको भंगालो वगिरहेको वडाध्यक्ष यामप्रसाद गुरागाईंले वताउनु भएको छ । गत वर्ष कल्भर्ट वगाएपछि यस वर्ष १२ लाख रुपैयाँ वढीमा बनाइएको छयालिसविघे कल्भर्टको पूर्वी भागबाट कटान गरेर खाल्डो वनाई आवतजावत अवरुद्ध बनेको गुरागाईंले जनाउनु भएको छ ।

वडा नम्वर १० को जिरिखिम्तीमा कल्पना श्रेष्ठको किराना पसल डुवानमा परेको छ । त्यसभन्दा पश्चिममा रहेको पूर्वपश्चिम मुख्य सडकबाट दक्षिण पानी कट्ने कल्भर्ट पेट्रोलपम्प वनाउने पक्षले पुरेपछि सुनील दहाल लगायतका घरहरु समेत डुवान भएको वडा सदस्य अनोज घिमिरेले बताउनु भएको छ ।

वडा नम्वर ९ सहितका अन्य वडाहरु पनि डुवानमा परेको स्थानीय वडाध्यक्षहरुले जनाउनु भयो । आज विहान नगर प्रमुख दिलीपकुमार राई सहित वडाध्यक्षहरुले डुवान तथा कटान क्षेत्रको अवलोकन गर्नुभएको थियो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३