प्रकाशित : ५ असार २०७५, मंगलवार १८:४६

विराटनगर, ५ असार । Extra Super Tadadel online, buy dapoxetine online. विश्व योग दिवसको अवसरमा एक नम्बर प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको अगुवाईमा सुनसरी जिल्लाको चतरामा बृहद योग शिविर आयोजना गर्ने भएको छ ।

त्यसका लागि तयारी सुरु गरिएको छ । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सय बढीको सहभागितामा योग शिविरको तयारी भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालय स्तरबाट धार्मिक पर्यटकिय स्थल बराहक्षेत्र चतरामा योग शिविरको आयोजना गर्न लागिएको जानकारी दिनु भयो ।

योगका माध्यामबाट पनि धेरै खालका रोगको उपचार हुने भएकाले योग दिवस शिविर आयोजना गरिने उहाँले बताउनु भयो । शिविरमा सहभागी हुनको लागि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु जीवन घिमिरे, ईन्द्र आङबो, जगदीश कुसियैत, हिक्मत कार्की लगायत सहभागी हुनु हुने छ ।

स्थानीय जन प्रतिनिधि, एक नम्बर प्रदेश सभाका सदस्य, प्रहरी अधिकारी, ब्यवसायी, पर्यटन क्षेत्रका ब्यक्तिहरु लगायतको एक नम्बर प्रदेशका धेरै स्थानबाट योग शिविरमा सर्बसाधारणको उपस्थिती जुटाउने मन्त्रालयको तयारी छ । हरेक बर्ष जुन २१ तारिखलाई विश्वभर योग दिवस मनाइन्छ ।levitra

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३