प्रकाशित : ५ असार २०७५, मंगलवार १८:४४

विराटनगर, ५ असार । Super Tadarise no rx, buy clomid. झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिने एक व्यक्तिलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले ५० वर्षीय सुरेश भनिने रामसोभित मण्डललाई तत्काल प्राप्त प्रमाणका आधारमा थुनामा राखेर मुद्धाको अनुसन्धान अघि बढाउन आदेश दिएको अदालतका स्रेस्तेदार नवराज दुलालले बताउनु भयो ।

विराटनगर १४ मावली भएका भारतीय नागरिक मण्डलले मावली हजुरबुवा मौलीदास मण्डललाई आफ्नै बुवा बनाएर २०४६ साल असार २ गते ८७७ नम्बरको नेपाली नागरिकता लिएको खुलेको छ ।

उनले जिल्ला प्रशासन कार्यालय मोरङबाट बंशजको आधारमा नागरिकता लिएको खुलेपछि इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेर गत जेठ १० गते नागरिकता सम्बन्धी मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो । रामसोभितको भारत अररियाबाट प्राप्त गरेको ८५४३३२ नम्बरको भारतीय निर्वाचन आयोगको मतदाता परिचय पत्र पनि छ ।

तर उक्त परिचय पत्र र भारतीय रासन कार्डमा उनको नाम सुरेश मण्डल र बुवाको नाम पुरन मण्डल उल्लेख छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार अनुसन्धानका क्रममा उनले भारतमा जन्मिए पनि ३० वर्षदेखि आफू नेपालमा बस्दै आएको र मावलमा मामाहरु कोही पनि नभएको अवस्थामा हजुरबुवाको सम्पत्ति नजिकका हकदारले खाने भएका कारण हजुरबुवालाई बुवा बनाएर नेपाली नागरिकता लिएको स्वीकार गरेका छन् ।

अनुसन्धानका क्रममा दिएको बयानमा मण्डलले आफूले भारतीय नागरिक बनेर त्यहाँबाट पनि पाउने सरकारी सेवा सुविधा लिंदै आएको स्वीकार गरेका छन् । मण्डलका साथबाट प्रहरीले बरामद गरेका भारतीय नागरिक रहेको प्रमाणित हुने परिचय पत्र र नेपाली नागरिकताको प्रमाणपत्र प्रमाणका रुपमा अदालतमा पेश गरिएको छ ।

उनको बुवाको वास्तविक नाम पुरन मण्डल र ठेगाना भारत अररिया भएको खुलेको छ । अनुसन्धानका क्रममा उनले आफ्ना परिवारका अन्य सदस्यले पनि नेपाली नागरिकता लिएको बयान दिएका छन् । प्रहरीले परिवारका अन्य सदस्यको नाम नखुलाए पनि खोजी सुरु गरिएको जनाएको छ ।cipro

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३