Breaking News

सिक्सलेन सडकका ठेकेदारलाई मेयर पराजुलीको निर्देशन

प्रकाशित मिति : ४ असार २०७५, सोमबार १८:४४

विराटनगर ४ असार । Super Tadarise online, buy clomid online. विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना सिक्सलेनको काममा भइरहेको ढिलासुस्तिले विराटनगरमा डुवान समस्या सिर्जना हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

विराटनगर महानगर भित्र निर्माण भइरहेको आयोजना अन्तरगत बनेका सडक र नालीको आज गरिएको अनुगमनका क्रममा उहाँले सो कुरा वताउनु भएको हो ।

आयोजनाले बनाएका सडक र नाली सँग जोडिएका सवै शाखा बाटोहरु क्लियर नहुदा पानि जम्ने खतरा बढेको छ । वर्षादको समय नजिकिदै जादा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आवश्यक भएकाले अनुगमन गरिएको प्रमुख पराजुलीले जानकारी दिनु भयो । उहाँले बर्षादको समय अगावै निर्माणाधिन सडकको काम सकाउन र अबरोध आएका नालाहरु तत्काल सफा गर्न संवन्धित ठेकेदारलाई निर्देशन दिनु भएको छ ।

विभिन्न स्थानमा भइरहेका विकास निर्माणका क्रममा उत्पन्न स्थानीयको समस्या तत्काल सम्वोधन गर्न उहाँले आग्रह गर्नु भयो । विराटनगर स्थित दुधफारम , आयल निगम , कञ्चनवारी, बरगाछि र मुनालपथका विभिन्न भागमा अनुगमन गरिएको थियो ।

अनुगमनमा सम्वन्धित कम्पनिका ठेकेदार, प्रदेशसभा सदस्य केदार कार्की, वडा नं. ३ का वडाध्यक्ष विनोद वस्नेत , इन्जिनियर र स्थानीयहरुको सहभागिता रहेको थियो ।pharmacy

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३