प्रकाशित : ४ असार २०७५, सोमबार १८:४१

order Viagra Gold online cheap, acquire clomid. विराटनगर, ४ असार । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताउनुभएको छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली र उपप्रमुख इन्दिरा कार्कीसँग आज भएको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।

राजदूत मोरिसले नेपालमा नयाँ संरचनाअनुसार बनेको तीन तहको सरकारमा विराटनगर महानगरपालिकाको भूमिका एवं रणनीतिको बारेमा राखेको जिज्ञासामा प्रमुख पराजुलीले समाजमा उन्नति एवं प्रगति गर्न सामुदायिक विद्यालयमा सुधार गर्नुपर्ने खाँचो आंैल्याउनुभयो ।

उहाँले विराटनगर महानगरपालिका क्षेत्रमा रहेका ५४ वटा सामुदायिक विद्यालयमा पाँच वटालाई नमूना विद्यालय बनाउन रु ५० लाख विनियोजन गरेको र ३२ वटा विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गराएको जानकारी दिँदै नगर क्षेत्रमा पूर्वाधार र सामाजिक कार्य गर्न वित्तीय अभाव रहेकाले दातृ निकायसँग सहयोगको अपेक्षा गर्नुभयो ।

विपन्न परिवारको मानिसको शिक्षामा पहुच नभएसम्म विकासको मूलधार पहिल्याउन गाह्रो हुने भन्दै प्रमुख पराजुलीले शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्न प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।fluoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३