Breaking News

यस्तो छ भट्टराई, श्रेष्ठ र पराजुलीको प्रहरी कनेक्सन

प्रकाशित मिति : ४ असार २०७५, सोमबार १२:५६

Malegra DXT online, cheap lioresal. मोरङ, ४ असार । उर्लाबारी–१ का गोविन्द भट्टराई, नरकाजी श्रेष्ठ र ५ नम्बर वडाका ध्रुबचन्द्र पराजुली उमेरले केही बर्ष घटिबढिका भएपनि कारोबार सामुहिक रुपमै गर्दछन् । विभिन्न बैध/अबैध कार्यमा उनीहरु जोडिँदै आएका छन् ।

सामुदायिक वन, राजनीति र केही संघसंस्थामा भट्टराई अग्रसर भएका छन् भने सहकारीमा पराजुलीले अगुवाई गरेका छन् । झट्ट हेर्दा सामाजिक ब्यक्तिको रुपमा पहिचान बनाएपनि उनीहरुको ब्यवसाय र कारोबार भने सन्देहको घेरामा रहँदै आएको छ ।

प्रहरी प्रमुखलाई नजाराना चढाएपछि सब ठिकठाक हुन्छ भन्ने मान्यतामा उनीहरु रहेको भुक्तभोगीहरु बताउँछन् । प्रहरीसँगकै ‘कनेक्सन’ का कारण छोटो समयमै यी तीन जनाले आर्थिक हैसित उकासेका छन् ।

केही बर्ष अघिसम्म सामान्य हैसियतका भट्टराई, श्रेष्ठ र पराजुली रातारात नवधनाढ्यमा देखा परेपछि उनीहरुको कारोबार शंकास्पद मानिएको छ । क्रसर ब्यवसाय, टिपर र ब्याक लोडर (जेसीबी) को सञ्चालनमा भट्टराई, सुनचाँदी ब्यवसाय र शिलबन्दी भएको ओजन पानीको सञ्चालनमा श्रेष्ठ र मावा समृद्धि सहकारीको अध्यक्ष पराजुली भएपनि उनीहरुको कारोबार संयुक्त रुपमा हँुदै आएको छ ।

आर्थिक चलखेलमा अग्रपंक्तिमा आउन थालेपछि उनीहरुको ब्यवहारमा पनि ठालुपन झल्किने गरेको छ । यद्पि, नरकाजी श्रेष्ठ भने जोकोहीसँग ‘लोलोपोतो’ गाँस्न माहिर छन् । भट्टराईको कडा मिजास, पराजुलीको सन्तुलनकारी भूमिका र श्रेष्ठको चिप्लो घस्ने प्रवृतिको संयोजनले नै उनीहरुले जोकोहीलाई प्रभावमा पार्ने सामथ्र्य राख्छन् ।

जसका कारण सुरुवाती दिनमा विना कुनै लगानी उनीहरु विभिन्न ब्यवसायमा जोडिन पुगेको जानकारहरु बताउँछन् । यस्तै, आर्थिक हैसियत उकासिएपछि उनीहरुले उर्लाबारीमा आउने प्रहरी प्रमुखलाई प्रभावमा राखिरहन सफल भएका छन् । प्रहरीलाई आवश्यक पर्ने भौतिकलगायतका सहयोग गर्दै आएपछि प्रहरी प्रमुखले उनीहरुकै अनुकुलको कार्यसम्पादन गर्ने गरेको विभिन्न घटना क्रमले पुष्टी गरिसकेको छ ।

कसलाई मुद्दा लगाउने, कसलाई थुनामुक्त गर्ने हैसियत बनाएका भट्टराई, श्रेष्ठ र पराजुली इलाका प्रहरी कार्यालय उर्लाबारीमा आउने प्रत्येक प्रहरी प्रमुखलाई छुट्टै स्वागत सत्कार गर्ने गर्दछन् । दुई साताअघि देखि उर्लाबारीमा कार्यरत प्रहरी प्रमुख रामप्रसाद तिमल्सिनाको स्वागतमा पनि कुनै कसर बाँकी राखेनन् ।
तीन बर्षअघिका प्रहरी निरीक्षक श्रीराम भण्डारी, त्यसपछिका राजकुमार राई, चन्द्रबहादुर थापा पालामा पनि उनीहरुले उर्लाबारीमा साम्राज्य कायम राख्न सफल बने ।

उबेला उनीहरुको कर्तुत सार्वजनिक नभएपनि तिमल्सिना आएलगत्तै भट्टराई, श्रेष्ठ र पराजुलीको कारोबार र ब्यवहार सन्देहका घेरामा परेको छ । यतिहुँदा हुँदै भट्टराईले भने सामाजिक सञ्जालमा समाचार लेख्न पाइन्छ तर कसैको चरित्र हत्या गर्न पाईदैन भन्दै आफ्नो बचाउ गरेका छन् ।

उनले भनेका छन्, तस्कर, बिबादास्पद , अकुत सम्पति आर्जन गरेको भनी लाञ्छना लगाई मेरो मानहानी नगर्न अनुरोध छ ।’avana

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३