प्रकाशित : ३ असार २०७५, आईतवार १८:४१


Brand Cialis buy online, order dapoxetine. झापा, असार ३ । झापा जिल्लामा पछिल्लो सरकारी तथ्यांकका अनुसार कुष्ठरोगको जोखिम उच्च देखिएको छ ।
कुष्ठरोग निवारणसम्बन्धी कार्यरत जिल्लाको कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाइजर पर्शुराम पोख्रेलका अनुसार नेपालबाट उन्मूलन भइसके पनि झापामा अझै कुष्ठरोगको जोखिम रहेको पाइएको छ।
जिल्लाका भद्रपुर, विर्तामोड, दमक, शिवसताक्षी, अर्जुनधारा, बुद्धशान्ति लगायतका क्षेत्रमा कुष्ठरोगको बढी जोखिम पाइएको उनले जानकारी दिनुभयो ।
‘भारतसँग जोडिएका जिल्लाका शहर, बस्तीमा कुष्ठरोग चुनौतीका रुपमा देखिएको छ ।’, उहाँले भन्नुभयो । पोख्रेलका अनुसार जिल्लामा गएको ४ वर्षको अवधिमा ७ सय ५८ जना कुष्ठरोगी फेला परेको र तीमध्ये अहिले १ सय ५९ जनाले नियमित रुपमा औषधि सेवन गरिरहेका छन ।
जिल्लामा कुष्ठरोग निवारण गर्ने उद्देश्यले झापाका १५ वटै स्थानीय तहमा कार्यालयले खोजपड्ताल अभियान सुरु गरिएको छ । यसैबीच, दमक नगरपालिकाकाले असार ६ देखि १० गतेसम्म नयाँ कुष्ठरोगीको खोजपड्ताल कार्यक्रम सुरु गर्ने भएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिनुभयो ।
अर्यालले खोजपड्तालमा महिला र पुरुष गरी १० वटै वडामा स्वास्थ्यकर्मीहरुको टोलीलाई तालीम प्रदान गरी प्रत्येक वडाका घर–घरमा खटाउन लागिएको बतानुभयो ।lisinopril