प्रकाशित : ३ असार २०७५, आईतवार १६:५२


विराटनगर, ३ असार । buy Viagra Jelly, order Zoloft. नेपाल बाँतर सरदार समाज कल्याणकारीको अध्यक्षमा मोहनलाल सरदार निर्वाचित हुनु भएको छ ।
मोरङको कटहरीमा हालै सम्पन्न राष्ट्रिय अधिवेशनले नेपाल बाँतर सरदार समाज कल्याणकारीको केन्द्रिय समितिको अध्यक्षमा मोरङको मोहनलाल सरदारलाई निर्वाचित गरेको हो ।
कल्याणकारीको उपाध्यक्षमा सप्तरीका मखनलाल सरदार, उपाध्यक्षमा महोत्तरीका दिनेश बाँतर, महासचिवमा सप्तरीका तारणीप्रसाद सरदार, सचिवमा मोरङका सुवासकुमार सरदार, सहसचिवमा मोरङका राजनकुमार सरदार, कोषाध्यक्षमा धनुषाका बोयलाल सरदार र सहकोषाध्यक्ष दयावतीदेवी सरदार निर्वाचित हुनु भएको हो ।
महाधिवेशनको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गर्नु भएको थियो । नव निर्वाचित समितिले बाँतर समुदायको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने सचिव सुवासकुमार सरदारले बताउनुभयो ।sildalis