प्रकाशित : २८ जेष्ठ २०७५, सोमबार १८:४४

विराटनगर, २८ जेठ । Viagra Super Active for sale, acquire clomid. मोरङको ग्रामथान गाउँपालिका ४ का सुजित माझीको घरमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले आईतबारराति नौ जनालाई पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय हरैंचाको संयुक्त टोलीले टोलीले जुवाको कौडा र दुई लाख ८३ हजार नौ सय ९५ रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो । पक्राउ परेकाहरुले चलाउने आठवटा मोटरसाइकल र ११ वटा मोवाइल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ग्रामथान ३ का ३५ वर्षीय तुलसी विश्वास, ४६ वर्षीय सुजित विश्वास, ग्रामथान ६ का ४० वर्षीय रुपसा तामाङ, ग्रामथान ४ का ४० वर्षीय हरिलाल माझी, ग्रामथान ५ का ३३ वर्षीय कपिलकुमार महतो, कानेपोखरी गाउँपालिका ५ का २८ वर्षीय दिलिप राई, विराटनगर महानगरपालिका ४ का ४८ वर्षीय नविन रेग्मी, बुढीगंगा गाउँपालिका ३ का २१ वर्षीय रविन राय र भारत अररिया कुवाडीका ३८ वर्षीय सत्यदेव चौधरी रहेका छन् ।

उनीहरुका साथबाट बा ६६प ८९६५, को २३ प १४३, को ५ प १५९४, को ४ प ५१९७, को ५ प ५६७२, को ४ प ५६५७, स ३ प ८३२५, बीआर ११ जी ५२६० नम्बरका मोटरसाइकल बरामद गरिएको एसपी केसीले बताउनु भयो ।

जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन अन्तर्गतको मुद्धा चलाउन आज म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।lady era

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३