Breaking News

नहरको साइफन नबन्दा समस्या

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार १८:३८

Malegra FXT buy online, lioresal online. विराटनगर, २८ जेठ । मोरङको बेलबारी नगरपालिका ५ कसेनी स्थित सुनसरी–मोरङ सिंचाई आयोजनाको मुल नहरको साइफन नबन्दा हजारौं हेक्टर खेतियोग्य जमिन बाँझिने अवस्थामा पुगेको छ ।

कसेनी स्थित लोहन्द्रा खोलामाथिको एक सय ८० मिटर लम्वाईको साइफन गत वर्ष साउनमा आएको बाढीले पूरै बगाएको थियो । खोलाको पुलसंगै पुल मुनिबाट लगिएको मुल नहरको साइफन बाढीले बगाउँदा १३ हजार तीन सय हेक्टर क्षेत्रफल सिंचाई सुविधा विहिन बनेको छ । खेति गर्ने सिजन सुरु हुँदा पनि साइफन र पुल पूननिर्माणको प्रक्रिया सुरु हुन सकेको छैन ।

सुनसरी–मोरङ सिंचाई आयोजनाका सिनियर डिभिजन इन्जिनियर श्रीप्रसाद साहका अनुसार नहरको साइफन बनाउनका लागि अध्ययनको काम भइरहेको छ । पुल मुनिबाटै बनाइएको साइफनबाट नहरको पानी लगेर खेतियोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने गरिएकोमा लोहन्द्रा खोलामा आएको बाढीले साइफनसंगै पुल पूरै बगाएपछि समस्या भइरहेको उहाँको भनाइ छ ।

साहले साइफन बगेपछि नहरको पानी पुर्याउन नसक्दा १३ हजार तीन सय हेक्टर खेतियोग्य जमिन बाँझिने अवस्था रहेको बताउनु भयो । पुल बगाएको वर्ष दिन पुग्न लाग्दा र खेति गर्ने सिजन सुरु हुँदै गर्दा साइफन र पुल निर्माणको काम सुरु हुन नसकेको भन्दै स्थानीय चिन्तित बनेका छन् । स्थानीय टेकनाथ शर्माले साइफन बनाउनेतर्फ सम्बन्धीत निकायले ध्यान दिन नसक्दा नहरको पानीबाट खेति गर्दै आएका हजारौं कृषक पीडित बन्नु पर्ने अवस्था रहेको बताउनु भयो ।

आयोजनका प्रमुख हरिराम श्रेष्ठले प्राविधिक रुपमा अध्ययन र डिजाईनको काम सकेर काम सुरु भए पनि साइफन बन्न कम्तीमा दुई वर्ष समय लाग्ने बताउनु भयो । श्रेष्ठका अनुसार आगामी आर्थिक वर्ष भित्रमा सबै प्रकृया पूरा गरेर साइफन र पुल निर्माणका लागि टेण्डर आब्हान गर्ने तयारी छ ।

तत्कालका लागि साइफन बगेको स्थान भन्दा पाँच किलोमिटरमाथिबाट लोहन्द्रा खोलाको पानी ‘डाईभर्ट’ गरेर अस्थायी रुपमा खेतियोग्य जमिनमा सिंचाई सुविधा पुर्याउने उदेश्यले आयोजनाले पहल भने गरिरहेको जानकारी श्रेष्ठले दिनु भयो ।cialis

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३