Breaking News

विराटनगर, २६ जेठ । Cialis Super Active for sale, clomid without prescription. प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसाहरु कायम राख्न सफल रहन प्रदेशका सभासदलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

विराटनगरस्थित प्रदेश नं १ का प्रदेशसभाको वैठकमा पहिलोपल्ट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आउनु भएकाले यो विश्वासलाई कायम राख्न प्रदेश सभासदलाई सुझाव दिनुभयो । उहाँले हिजो हामीले राजनीतिक र सामाजिक समानताका लागि लडाइँ लड्यौं, अब देशमा सुशासन, जनताको भलाइ र सामाजिक सम्पन्नता, आर्थिक विकासतर्फ केन्द्रीत हुनुपर्ने विषयमा जोड दिनुभयो ।

जनताले सुशासन र विकास चाहेकाले अब हाम्रो कार्यदिशा, सुशासन र विकासको बाटोमा क्रियाशील हुनुपर्ने प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले व्यवस्था गरेका हकअधिकार, सामाजिक न्याय र समानताको प्रश्नलाई व्यावहारिक रुपमा कार्यान्वयन गरी आर्थिक सम्बृद्धि र सुशासनतर्फ केन्द्रीत हुनु पर्दछ ।” मुलुक गरीब हुनुको मुख्य कारणतर्फ संकेत गर्नुहुँदै प्रधानमन्त्री ओलीले विगतमा जनताको सेवक होइन, शासक सम्झेको, राष्ट्र र जनताको सम्पत्तिलाई पारिवारिक सम्पति ठानेको कारण मुलुक गरीब भएको र अब त्यस प्रणालीलाई परिवर्तन गरी जनपक्षीय प्रणाली जनताले ल्याएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनतामा परिवर्तनको अनुभूति हुनुपर्ने, जनप्रतिनिधिलाई जनताको सेवकको रुपमा काम गर्नुपर्ने, विकास कसरी गर्ने, जनताको नजिक बस्ने र दृढ निश्चयका साथ देश बनाउने सङ्कल्पका साथ अगाडि बढ्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले सरकार समझदारीका साथ चलेको र समझदारीमै नीति तथा कार्यक्रम पारित भएकामा प्रतिपक्षलाई धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले आधारभूत समझदारी, स्थायित्व, शान्ति र विकास र लोकतन्त्रलगायतका विषयमा मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

प्रदेश नं १ सर्वाधिक सुन्दर र सर्वाधिक सम्बृद्ध रहेको प्रसङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भौंगोलिक विविधताको रुपमा संसारको उच्च शिखर सगरमाथाका साथै समुद्र सतहदेखि ७८ फिटमात्र उचाइमा अवस्थित केचनाकवलका साथै कृषि, जडिबुटी, ऊर्जालगायत विकासका आधारहरु रहेको उल्लेख गर्नुभयो ।pharmacy

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३