Breaking News

कारागारमा सहज महसुस गर्दै ‘गोरे’

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार १८:३६

विराटनगर, २५ जेठ । buy Penegra, buy dapoxetine. बहुचर्चित सुन तस्करी तथा मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका ‘गोरे’ भनिने चूडामणि उप्रेतीले कारागार भित्र सहज महसुस गर्न थालेका छन् ।

कारागारका निमित्त जेलर शंकरप्रसाद पौडेलका अनुसार सुरुमा कारागार आउँदा गोरे आत्तिएर चिन्तित भए जस्तो देखिन्थे । तर अहिले आएर सामान्य हिसावकै व्यवहार देखाउन थालेका छन् । सुरुमा टोलाएर शुन्य स्थितीका जस्तो देखिने गोरेले अहिले कारागारको वातावरण सहज भएको महसुस गर्न थालेको जानकारी उहाँले दिनु भयो ।

मोरङ प्रहरीको हिरासतमा भएकै बेला गोरेले आफू असुरक्षित रहेको भन्दै सुरक्षाको माग पनि गरेका थिए । काठमाडौंबाट पक्राउ गरेर जेठ ८ गते विराटनगर ल्याइएपछि मोरङ प्रहरीको हिरासतमा उनलाई राखिएको थियो । जेठ ८ गते नै जिल्ला अदालत मोरङमा बयानका लागि उपस्थित गराइए पनि उनीसंग बयान लिने काम १३ गते सम्म लम्बिएको थियो ।

त्यो बीचमा उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गत जेठ १३ गते पुर्पक्षका लागि थुनामा राखेर मुद्धाको अनुसन्धान अघि बढाउन आदेश दिएपछि गोरेलाई विराटनगरको हाटखोला स्थित मोरङ कारागारमा राखिएको छ ।

सुरुमा अस्वभाविक व्यवहार प्रस्तुत गरेका उनले अहिले आएर सहज महसुस गर्न थालेको कारागारले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिका १ सोल्टी खोला किनारको जंगलमा हत्या गरिएका सनमको शव गोरेका चालक एवं विश्वासपात्र काभ्रे घर भएका टेकराज मल्ल ठकुरीले चलाएको स्कोरपिओ भित्र गत फागुन १९ गते विराटनगर ३ को गोधुली मार्गमा फेला परेको थियो ।

हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन खोजी गर्ने क्रममा गोरे समूहले करेन्ट लगाएर यातना दिंदा सनमको मृत्यु भएको थियो । यो प्रकरणमा प्रतिवादी बनाइएका ६३ मध्ये ३० जना अझै फरार छन् ।

गोरे सहित ३१ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रहरी जवान विष्णुबहादुर खड्का १५ हजार रुपैयाँ धरौटी र हवल्दार अम्बरबहादुर थापा मगर साधारण तारेखमा छुटिसकेका छन् । अभियुक्तलाई अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा जिल्ला अदालत मोरङमा गत बैशाख १९ गते मुद्धा दर्ता गरिएको थियो ।avana

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३