प्रकाशित : २४ जेष्ठ २०७५, बिहीबार १८:३३


विराटनगर, २४ जेठ । Viagra Gold online, acquire lioresal. प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश राजधानी विराटनगर आउने तय भएको छ ।
संसदको जारी बजेट अधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री आउने तय भएको प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनु भएको छ । प्रदेश सरकार नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छ । यसअघि पूर्वबजेट छलफलका गर्न तीन दिन बैठक चलेको थियो । अर्काे बैठक भोली बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली भने शनिबारको बैठकलाई सम्बोधन गर्न आउन लाग्नु भएको हो ।
प्रधानमन्त्री आउने भएपछि बैठकलाई व्यवस्थित गर्न र सहभागी हुन सक्ने अतिथि बस्ने व्यवस्था मिलाउन संसद सचिवालयले तयारी थालेको जनाएको छ । प्रम ओलीले प्रदेश नं ३ को बैठकलाइ पनि सम्बोधन गर्नु भएको थियो ।clomid