प्रकाशित : २४ जेष्ठ २०७५, बिहीबार १७:१४


विराटनगर, २४ जेठ । buy Kamagra Gold, order clomid. मोरंगको धनपालथान गाउँपालिकाको वडा नम्वर २ का वडाध्यक्ष ३६ वर्षीय वलिराम भगतको सर्पले डसेर मृत्यु भएको छ ।
गएराती वडाध्यक्ष भगतलाई सर्पले डसेको थियो । उहाँको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।
भगत तत्कालिन नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । धनपाल गाउँपालिकाका ७ वटा वडा मध्ये एमालेले २ नम्वर वडामा मात्र विजयी हाँसिल गरेको थियो ।
वडाध्यक्ष भगतको आजै अन्तिम संस्कार गरिएको छ । धनपालथान गाउँपालिकाले आज वडाध्यक्षको निधनमा एक दिन गाउँपालिका भरिका सरकारी कार्यालयमा विदा दिएको थियो ।pharmacy