प्रकाशित : २३ जेष्ठ २०७५, बुधबार १८:३५

विराटनगर, २३ जेठ । Kamagra Jelly no rx, cheap clomid. पत्नीलाई उपचारका लागि विराटनगर लिएर आएका पति अस्पतालबाटै बेपत्ता भएका छन् । पति बेपत्ता भएको भोलीपल्टै उपचारका क्रममा पत्नीको पनि मृत्यु भएको छ ।

गोल्डेन अस्पतालमा उपचाररत अवस्थाकी पत्नीलाई छाडेर सिरहाको लहान नगरपालिका १८ का रमानन्द विश्वकर्मा गत आइतबारदेखि फरार बनेका हुन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

अस्पतालका अनुसार पत्नीको उपचारमा लागेको खर्च तिर्न नसकेकै कारण रमानन्द फरार बनेको आशंका गरिएको छ । पत्नीको उपचार गराए बापत गोल्डेन अस्पताललाई उनले पाँच लाख ३९ हजार रुपैयाँ तिर्नु पर्ने देखिन्छ । अस्पतालले उपचार बापतको रकम धेरै भएको भन्दै तिर्नका लागि बारम्बार ताकेता पनि गरेको थियो ।

त्यही क्रममा उनी कसैले थाहा नपाइकन र कसैलाई सुइँको सम्म नदिइकन अस्पतालबाटै बेपत्ता बनेको प्रहरीको आशंका छ । आफ्नै घरमा गत बैशाख ६ गते झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीय र आफन्तले घाइते अवस्थामा जीवितै उद्धार गरेर रमानन्दकी पत्नी २५ वर्षीय रिता विश्वकर्मालाई उपचारका लागि ल्याएका थिए ।

रितालाई बैशाख ११ गतेबाट गोल्डेनको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । अस्पतालका मेनेजर सन्तोश मेहताले कुरुवा फरार भएकै अवस्थामा बिरामीको अस्ती सोमबार मृत्यु भएपछि शव जिम्मा कसलाई लगाउने भन्ने बारेमा समस्या भएको बताउनु भयो । उहाँका अनुसार मृत्यु भएपछि दुई दिन सम्म अस्पतालमै राखिएको शवलाई आज भने प्रक्रिया पूरा गरेर पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा पुर्याइएको छ ।

उपचारका लागि लिएर आएका पति बेपत्ता बनेको तर रिताको मृत्यु भइसकेको अवस्थामा शव बुझेर जिम्मा लिन समेत कोही आफन्त नआएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

कसैले पनि हकदावी नगरेमा वा आफन्त नआएमा पोष्टमार्टम गरेर शव व्यवस्थापनका लागि स्थानीय तहलाई जिम्मा लगाइने उहाँको भनाइ छ ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३