Breaking News

ओरेकको सहजीकरणमा १ सय २३ जनालाई रोजगारी

प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार १८:३५

विराटनगर, २२ जेठ । ओरेक नेपाल विराटनगरको सहजीकरणमा १ सय २३ जनाले रोजगारी पाएका छन् । विभिन्न कारखाना, संघसंस्था जस्ता रोजगार प्रदायक निकायमा १५ जना लामो समयको लागि र १०८ जना दैनिक ज्यालादारीमा रोजगारीमा संलग्न भएका छन् ।

ओरेक नेपाल विराटनगरले आज विराटनगरमा आयोजना गरेको जिल्ला स्तरिय सल्लाहकार समितिको बैठकमा सो जानकारी दिईएको हो । बैठकमा ओरेक विराटनगरका राजकुमार मेहताले १ सय १३ जना लाई अपरेटर, सिलाइ कटिङ्ग, लेथ अपरेटर, व्युटिसियनको तालिम विभिन्न संस्थासंग समन्वय गरि दिईएको बताउनुभयो ।

buy tadalafil online, order Zoloft.

ओरेकले सुरक्षित स्थानागमन तथा मानव वेचविखन सम्वन्धि विभिन्न गतिविधि मार्फत ५ सय ८७ घरधुरीका १ हजार २ सय ४६ जना समक्ष पुगि प्रत्यक्ष रुपमा सुचना सम्प्रेषण गरेको जनाएको छ ।

जिल्ला स्तरिय बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल, जिल्ला समन्वय अधिकारी शोभाखर रेग्मी, ओरेक विराटनगरकी शोभा बजगाई लगायत विभिन्न सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । आरेकले मोरंगका १३ वटा स्थानीय तहमा कार्यक्रम गरिरहेको छ ।fluoxetine

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३