Breaking News

आज विश्व वातावरण दिवस : प्लाष्टिक बोतलको पानी कति हानिकारक

रामचन्द्र अधिकारी प्रकाशित मिति : २२ जेष्ठ २०७५, मंगलवार ०५:४९

प्लाष्टिकका बोतलमा कैद गरिएको पिउने पानी पिउने चलन ह्वात्तै बढेर आएको छ । आज पसल पसलमा बोतलमा पानी बेच्न राखेको पाइन्छ । मानिसहरु ट्यूववेल वा मूलको पानी पिउन छाडिसके । वास्तवमा यस्ता स्रोतबाट आउने अप्रशोधित पानी हानिकारक सावित भएको छ । त्यसैले बोतल नै प्रिय भएको छ ।

प्लाष्टिक हानिकारक वस्तु हो भन्ने उहिले नै चाल पाइएको हो । विभिन्न कोणबाट यसको विरोध हुदै आएको पनि हो । अझै, अब यसपालिको वातावरण दिवसले चाहि प्लाष्टिक विरद्धको अभियानलाई संस्थागत गरेको छ । यसपालि विश्व वातावरण दिवसको नारा प्लाष्टिक प्रदूषणलाई धक्का दिऔ भन्ने रहेको छ । तसर्थ प्लाष्टिकबाट बनेका बोतलले पनि वातावरणमा ठूलो हानि गरिरहेका छन् । त्यसभित्रको पानीले समेत स्वास्थ्यमा केही असर अवश्य गरेका होलान् ।


हिजोआजको गर्मीमा ‘मिनरल वाटर’लाई प्राण नै सम्झेर पिउनुहुन्छ होला । घरबाट टाढा कतै जादा मिनरल वाटरका बोतल किनेर बोक्ने गर्नु भएको होला । जहा“सुकैको पानी पिउदा असर गर्छ कि भन्ने पीरले धेरैबेर मोटरमा यात्रा गर्दा एक दुई बोतल सुरक्षित बोकिराख्ने गर्नु भएको पनि होेला । तर कहिल्यै सोच्नु भएको छ बोतलबन्द पानी कति गुणकारी वा हानिकारक छ भनेर । मिनरल वाटरको बिकल्पका बारेमा केही सोच्नु भएको छ कि छैन । कतै यस्तो पानी उत्पादन गर्ने कम्पनीको अन्धभक्त त बन्नु भएको छैन । तथ्याङ्कहरुले भन्दैछन् – विश्वका मानिसहरु पानी उत्पादक कम्पनीप्रति धेरै विश्वास राख्छन् । त्यसैले हरेक वर्ष यसप्रकारको पानीका पारखीहरुको संख्या वृद्धि हु“दैआएको छ । आजकाल प्लाष्टिक बोतलकै पानी निर्विकल्प वा अति आवश्यकीय वस्तुमा दर्ज भइसकेको छ ।

विश्वमा बजारमा पाइने बोतलबन्द पानीको स्थिति के रहेछ भनेर अमेरिकाको अर्थ पोलिसी इन्टिच्यूटले एउटा विश्वव्यपी अनुसन्धान गरेको थियो । जसको परिणाम प्रतिवेदन सन् २००४ मा सार्वजनिक गरियो । प्रतिवेदनअनुसार सन् १९९९ देखि २००४ मा आइपुग्दा बोतलबन्द पानीको खपत मात्रा दुई गुणा वृद्धि भएको थियो ।

२०१० सम्ममा यो मात्रा फेरि अरु दुई गुणा बढ्ने अनुमान गरिएको छ । संसारमा सबैभन्दा बढी बोतलबन्द पानी प्रयोग गर्ने देश अमेरिका हो । त्यहा २००४मा मात्र २६ अर्ब लिटर यसप्रकारको पानी खपत भएको थियो । यद्यपि प्रतिव्यक्ति अधिक पानी पिउने मानिस चाहि इटालीमा बस्छन् । एक जना इटालियनले एक वर्षमा एक सय ८४ लिटर बोतलबन्द पानी पिउछन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको एउटा तथ्यांकले भन्छ संसारमा एक मिनेटमा १० लाख वटा बोतल किनिन्छन् ।

एक वैज्ञानिक अध्ययनअनुसार विकासोन्मुख राष्ट्रमा प्राकृतिक पानी नै सस्तो र उपयुक्त मानिन्छ । प्राकृतिक मूलबाट उम्रिएको पानी शुद्ध र केही दिन बोतलमै भण्डारण गरेर पिउनमा प्रयोग गर्न सकिन्छ भने ट्यूववेलबाट निकालिएको पानी पनि उमालेर सुरक्षित राख्नु हो भने दुई दिनसम्म पिउनयोग्य रहन्छ । ऐस आराम र आधुनिकताका नाममा आफ्नो आर्थिक हैसियत नाघेर मानिसहरु बोतलबन्द पानी पिउने काम गर्दैआएका छन् । जसले गर्दा अनावश्यक फजुल खर्च भइरहेको छ । प्राकृतिक पानीलाई त्यागेर मिनरल वाटरमा भुल्नाले कति खर्च लाग्दोरहेछ यो तथ्यले बताउछ । अमेरिकाको बोतलबन्द पानीको माग पूरा गर्न बोतल बनाउन र ढुवानीबापत वर्सेनी १५ लाख ब्यारेल पेट्रोलियम आवश्यक पर्दछ । यति तेलबाट एक लाख वटा कार एक वर्षसम्म चलाउन सकिन्छ ।

अर्थ पोलिसी इन्स्टिच्यूटले गरेको अध्ययनअनुसार बोतलबन्द पानीको चलनले हरेक साल ठूलो वातावरणीय क्षति पुर्याउदै आएको तथ्य लुकेको छैन । मिनरल वाटर प्याक गर्न वर्सेनी २७ लाख टन प्लाष्टिक चाहिन्छ । यो सम्पूर्ण प्लाष्टिक वातावरणको नाशक हो । माटोमा प्लाष्टिक सजिलै कुहि“दैन । बोतल बनाउन प्रयोग भएको प्लाष्टिक कुहिन एक हजार वर्ष लाग्दछ । जलाएर नष्ट गरौं भन्दा पनि समस्या समाधान हुने देखिदैन । प्लाष्टिक बाल्दा क्लोरिन ग्यास निष्कन्छ जसले ओजोन तहलाई पातलो बनाइदिन्छ । साथै गह्रौं धातुहरु पनि यसैसाथ निस्कने र यी धातुमिश्रित हावा साह्रै हानिकारक मानिन्छ ।

यति खर्च भएपनि के यस्तो पानी सुरक्षित र स्वास्थ्यका लागि उपयोगी चाहि छ त । अह अवश्य पनि छैन किनभने युरोप र अमेरिकाको अनुसन्धानबाट यो भन्न सकिन्छ । युरोप र अमेरिकामा बोतलबन्दभन्दा प्राकृतिक पानीको गुणस्तर राम्रो पाइएको थियो –अर्थ पोलिसी इन्स्टिच्यूटको प्रतिवेदनले भन्छ । औद्योगिक देशहरुमा पानीभन्दा पेट्रोल सस्तो हुदोरहेछ । जस्तै अमेरिकामा एक बोतल पानीको बजार मूल्य अढाई डलर पर्छ । यो रकमले एक लिटरभन्दा धेरै पेट्रोल किन्न सकिन्छ ।

स्वाथ्य राम्रो राख्न त प्राकृतिक मूलकै पानी उत्तम मानिन्छ । संभव भएसम्म यही पानी पिउ । तर विलासिता बढ्दो छ । फेशन देखाउनु छ । पुगीनपुगी बोतलकै पानीप्रति मानिस आकर्षित बन्दैछ ।

बोतलबन्द मिनरल वाटर पिउने नै हो यदि भने सचेत उपभोक्ता चाहि बन्न जरुरी छ किनकि पानी जीवन हो । पानी स्वास्थ्य भयो भने मात्र शरीर स्वास्थ्य रहन्छ । धाराकै पानी पनि घर या अफिसमा पिउन राख्दा बोतल या जारमा राख्ने गरेको देखिन्छ । यो चलनले प्लाष्टिकको प्रयोगलाई बढावा दिइरहेको छ । पछिल्ला वर्षमा भएका अध्ययनले प्लाष्टिकका भा“डामा राखिएको पानीलाई राम्रो नसकिने वैज्ञानिकहरुको ठम्याइ छ । त्यसैले पानी धातु वा माटाका भाडामा राख्ने गरौं ।

विश्व वातावरणको दिवसको सन्देशलाई आत्मसाथ गरेमा प्लाष्टिकको विकल्पमा अन्य कुनै वस्तु प्रयोग गरी पानी प्याकिङ गरेदेखि सबैको स्वास्थ्य र वातावरणको स्वास्थ्यसमेत असल हुने थियो ।

‍-लेखक अधिकारी त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस , विराटनगरका उपप्राध्यापक हुनुहुन्छ ।
फोन नं.९८५२०३४६१५ , order Viagra soft FRUIT online cheap, dapoxetine online. email:[email protected]

 pharmacy

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३