प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार १३:४८

विराटनगर, २१ जेठ । Super Kamagra buy online, acquire clomid. पछिल्लो समय प्राकृतिक सम्पदामाथि बढिरहेको दोहन तत्काल नियन्त्रण गर्न गृह मन्त्री रामबहादुर थापाले निर्देशन दिएपछि मोरङ प्रहरीले सक्रियता बढाएको छ ।

प्रदेश १ को सुरक्षा गोष्ठीमा गृह मन्त्री थापाले गत शुक्रबार खोला नालामा भइरहेको अवैध उत्खनन् र नदीजन्य पदार्थको गैर कानुनी ओसारपसार नियन्त्रण गर्न सुरक्षा अधिकारीहरुलाई कडा निर्देशन दिनु भएको थियो । दोहनसंगै ढुँगा र बालुवाको तस्करी बढ्दै गएको पाइएपछि मोरङका खोलानालामा प्रहरीले कडाई गर्न थालेको हो ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पछिल्लो समय विभिन्न खोलानालाबाट ढुँगा र बालुवा अवैध रुपमा उत्खनन् हुने क्रम बढेको जानकारी दिनु भयो ।

तस्करीमा संलग्नले वन क्षेत्रका खोलामा जेसीवी र डोजर नै प्रयोग गरेर तथा ट्रयाक्टर र ट्रिपरनै हालेर अवैध रुपमा ढुँगा, बालुवा उत्खनन् र ओसारपसार गर्न थालेपछि प्रहरीले सक्रियता बढाएको एसपी केसीको भनाइ छ ।

निजी र चुरे क्षेत्रबाट बालुवा र ढुँगा तस्करी रोक्न तथा प्राकृति सम्पदामाथिको दोहन नियन्त्रण गर्न प्रहरीको अलगअलग टोली खटाइएको जानकारी उहाँले दिनु भयो ।

प्रहरीले बढी मात्रमा तस्करको आँखा पर्दै आएको गछिया, खदम, बक्राहा, चिसाङ, बुढी, डाँस, मावा, नुनसरी, लोहन्द्रा लगायतका दर्जनौ खोलामा निगरानी बढाएर त्यहाँ हुने दोहन नियन्त्रण गर्ने योजना बनाएको छ ।

दोहनमा प्रयोग गरिएका साधन तथा त्यसमा संलग्नलाई नियन्त्रणमा लिएर कारवाही अघि बढाउँदै अवैध रुपमा भइरहेको नदीजन्य पदार्थको तस्करी नियन्त्रण गर्न थालिएको केसीले बताउनु भयो ।

प्रहरीले एक साताको अवधिमा अवैध उत्खनन्मा प्रयोग गरिएका आठवटा जेसीवी र ३१ वटा टिपर तथा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समिति मोरङमा बुझाएको छ ।valtrex

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३