प्रकाशित : २१ जेष्ठ २०७५, सोमबार १३:४३

पथरीशनिश्चरे, २१ जेठ sildenafil reviews, purchase zithromax. । नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे मोरङले स्थानीय तहका शिक्षक कर्मचारीमाथि अनाधिकृत गतिविधि भइरहेको भन्दै नगरपालिका प्रमुख मार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा २५ वुँदे माग रहेको ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष अर्जुनकुमार वुढाथोकी र सचिव रुपनारायण भट्टराईद्धारा हस्ताक्षरित ज्ञापनपत्र पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईमार्फत सरकारमा बुझाइएको हो । ज्ञापनत्रपमा, पछिल्लो पटक ०७५ वैशाख २५ गते शिक्षा मन्त्रालयमा २३ वुँदे ध्यानाकर्षणपत्र बुझाएपनि हालसम्म कुनै सुनुवाई नभएकाले आन्दोलनका कार्यक्रम सहित ज्ञापनपत्र पेश गर्ने कार्यक्रम देशभरी तय भएको जनाइएको छ ।

शिक्षक सेवा आयोगलाई संवैधानिक आयोगको रुपमा गठन, संवैधानिक शिक्षा आयोग गठन, विद्यालय तहको शिक्षालाई ३ वटै तहको सरकारको संयुक्त कार्यसूचीमा राख्नुपर्ने, स्थायी शिक्षकको रोकिएको आन्तरिक प्रतिष्पर्धा सूचालु सहितका माग उल्लेख छ ।

यस्तै, शिक्षक दरवन्दी प्राप्त भएका विद्यालयमा आवश्यक शिक्षक तथा स्रोतको व्यवस्था, शिक्षकसँगै सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीको मासिक रुपमा तलव निकासा, स्रोत व्यक्तिको काज फिर्ता हुँदा त्यहाँ सट्टा शिक्षकको व्यवस्थापन गर्न स्थानीय नगरपालिकामा माग गरिएको छ ।

नगर क्षेत्रमा अंग्रेजी माध्यय सञ्चालन गर्दा वढेको व्यवभारको व्यवस्थापन, कार्यविधि निर्माणमा सरोकारवालाहरुसमेतको सहभागितामा संसोधन सहितका माग उल्लेख गरिएको छ ।lady era

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३