प्रकाशित : १८ जेष्ठ २०७५, शुक्रबार १८:३०


विराटनगर, १३ जेठ । buy Suhagra online, order zithromax. साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।
जिल्ला अदालत मोरङमा ४ दिनदेखी जारी बयान सकिएपछि आजै थुनछेक बहस गरिएको थियो । थुनछेक बहस सकिए लगत्तै पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको हो ।
बयानका क्रममा आज सनम शाक्यलाई यातना दिएको भिडियो समेत गोरेलाई देखाइएको थियो । गोरेको बयान अदालतका कर्मचारीले ३७ पन्नामा सारेका छन् ।
गोरेमाथि संगठित अपराध, अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र सुन चोरी पैठारीको मुद्दा लागेकोे छ । जिल्ला न्यायाधिवक्ता पुण्य पाठकबाट सरकारको पक्षमा र वकिल यमबहादुर मगरबाट गोरेको पक्षबाट बहस गर्नु भएको थियो ।valtrex