प्रकाशित : १८ बैशाख २०७५, मंगलवार १७:३२


विराटनगर, १८ वैशाख । Zenegra without prescription, lioresal without prescription. विराटनगर जुटमिल संचालन गर्न माग गरिएको छ । जुटमिल वचाउ अभियान समितिले आज विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीलाई भेटेर ज्ञापनपत्र वुझाउदै मिल संचालनका लागी माग गरेको हो ।
२००३ र २००७ सालमा जुटमिलमा भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुर्न स्थापना भएको हो । सो मिलमा भएको मजदुरहरुको आन्दोलन पछी नेपालमा श्रमिक दिवस मनाउन थालिएको हो ।
नेपालको मजदुर आन्दोलन संगै प्राजातान्त्रिक आन्दोलनको शुुरुआत भएको जेठो उद्योग विराटनगर जुटमिल संचालनका लागी सरकारले संचालक समिति नियुक्ति समेत गरेको छ । जति समिति आए पनी जुुटमिल ५ देखी ६ महिनामात्र चल्ने र त्यसपछी वन्द हुने गरेको छ ।
कुनै न कुनै वहानमा केहिदिन मिल संचालन गर्र्ने र वन्दगर्ने प्रवृत्ति हजारौ मजदुरको रोजी रोटी खोसिएको भन्दै यथा शिघ्र मिल संचालन गर्ने वतावरण वनाउन समितिले महानगरपालिकासंग माग गरेको छ ।
मिलमा अहिलेपनी ५ अर्व भन्दा वढिको चलअचल सम्पती रहेको छ । मिल चलाउने भन्दापनी कमिशन खाने प्रवृति हावी हुुदै गएकाले मिल संचालन हुन नसकेको विज्ञप्तीमा जनाइएको छ ।
समितिका अध्यक्ष धर्मानन्द सन्जेल सहितको टोलीले मेयर पराजुलीलाई ज्ञापनपत्र वुझाउनु भएको हो ।
ज्ञापनपत्र वुझदै मेयर पराजुलीले गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको राजनितिक यात्रा प्रारमम्भ भएको ऐतिहासिक विराटनगर जुटमिल संचालनका लागी महानगरपालिकाले सक्दो सहयोग गर्ने वताउनुभयो ।pharmacy