प्रकाशित : १६ बैशाख २०७५, आईतवार १७:२५

Viagra Plus online, cheap Zoloft. विराटनगर, १६ बैशाख । गोली लागि घाइते हुनु भएका हिन्दु धर्मगुरु श्री निवासाचार्यको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । तीन साताको उपचारपछि गुरु श्री निवासाचार्यलाई डिस्चार्ज दिने क्रममा आज विराटनगर स्थित न्युरो अस्पतालमा आयोजित पत्रकार सम्मेलनका क्रममा गुरुको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने बताइएको हो ।

२१ दिन अस्पतालमा उपचार गर्दा कुल खर्च एक लाख ५५ हजार रुपैयाँ लागेको अस्पतालले जनाएको छ । अस्पतालले उपचारका क्रममा एक लाख ३० हजार रुपैयाँ र औषधीमा २५ हजार रुपैयाँ खर्च सरकार गृहमन्त्रालयले ब्यहोर्ने भएको जानकारी दिएको छ ।

त्यस्तै अस्पतालले धर्म गुरु श्री निवासाचार्यको स्वास्थ्यमा सुधार आएका कारण आजनै डिस्चार्ज दिएको जनाएको छ । गोली प्रहार भएपछि घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले नियन्त्रणमा लिइएका व्यक्ति घटनामा संलग्न नपाएपछि सोधपुछ गरेर छाडिएको बाताउनु भयो । घटना भए यता टोलीले मोरङमै रहेर काम गरिरहेको भए पनि अहिले सम्म घटनाको वास्तविकता सम्म प्रहरी पुग्न सकेको छैन ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३