प्रकाशित : १६ बैशाख २०७५, आईतवार १७:२३

Cialis Black for sale, buy lioresal. विराटनगर, १६ वैशाख । तीन जनाको रहस्यमय मृत्यु भइसकेको साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूँडामणि उप्रेती कहाँ भागे भन्ने कुरा पत्तो लाग्न सकिरहेको छैन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदैे नेपाल भित्रिएको तस्करीको सुन कहाँ छ भन्ने बारेमा पनि खुल्न सकिरहेको छैन । तर घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरुले भने गोरे भारततर्फ भागेको दावी गर्छन ।

‘तीनवर्षदेखि सुन तस्करीमा गोरेका सहयोगी बनेका सनम शाक्यको हत्याको अनुसन्धान गर्दै जाँदा सुन तस्करी गर्ने ठूलो जालो रहेको पत्ता लाग्यो,’ एक प्रहरी अधिकारीले भने, ‘तस्करीमा सामान्य परिवारका व्यक्तिदेखि नव धनाड्य र प्रहरीका उच्च अधिकारीको समेत संलग्नता पाइयो ।’

शाक्य र गोरे दुबै मोरङ उर्लाबारी नगरपालिका ७ का बासिन्दा हुन् । शाक्य हत्या सुन तस्करीसंग जोडिएपछि घटनाको छानविन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेत्रृत्वमा समिति गठन गरिएको थियो । तस्करीको सुन लुकाएको आरोपमा करेन्ट लगाएर र यातना दिएर गत फागुन १८ गते शाक्यको हत्या गरिएको प्रहरीले बताउँदै आएको छ ।

शाक्यको शव विराटनगर ३ को दुर्गाचोक नजिकै गोधुली मार्गमा काभ्रेका टेकराज मल्लले चलाएको बा १२ च ५९६३ नम्बरको स्कारपिओ गाडीभित्र फागुन १९ गते बरामद गरिएको मुचुल्का प्रहरीले तयार पारेको छ । छानविन समितिको सक्रियतामा प्रहरीका उच्च अधिकारीदेखि लिएर सुन तस्करीमा सहयोग पुर्याउँदै आएकाहरु पक्राउ परिरहे पनि मुख्य अभियुक्त गोरे र तस्करीको सुन पत्ता लाग्न सकेको छैन ।
हत्याको विषयमा गोरेले नै प्रहरीको अपराध अनुसन्धान महाशाखा काठमाडौंलाई फोन गरेर जानकारी दिएको खुलेपछि घटना थप रहस्यमय बन्दै गएको हो ।

गोरेबाट हत्याको सूचना पाएको महाशाखाले डीएसपी प्रजित केसीको नेत्रृत्वमा एउटा टोली पूर्व पठाएको थियो । फागुन १९ गते विहान २ बजे शव बोकेकै गाडीमा चढेर धरानको भानुचौकबाट डीएसपी केसी नेत्रृत्वको टोली इटहरीतर्फ आएको पुष्टि भएपछि भने घटना थप शंकास्पद बनेको थियो । त्यसको चाँजोपाँजो मिलाउने काम सई बालकृष्ण सञ्जेलले गरेको खुलेको छ । ‘सञ्जेल सुन तस्करसंग राम्रो ‘कनेक्सन’ भएका प्रहरी रहेको पुष्टि भयो ।

उनैले प्रहरीका उच्च अधिकारी सम्मलाई सुन तस्करसंग घुलमिल गराउने भूमिका खेलेको देखिन्छ,’ ती अधिकारीले भने, ‘काठमाडौंबाट प्रहरी टोली नै सनमको शव गायव बनाउन आएको पक्राउ परेकाहरुले दिएको वयानबाट खुलेको छ । मुख्य अभियुक्त र सुन तस्करहरुलाई पक्राउ नगरिकन छाडेको पाइएपछि महाशाखाको भूमिका विवादित बन्यो ।’

अनुसन्धानका क्रममा गोरेका लागि लाक्पा शेर्पा भारतको जोगवनी नाकामा गाडी प्रवेश अनुमति लिन पुगेका थिए । त्यसपछि शेर्पाले चलाएको गाडीमै चढेर गोरे जोगवनी पुगेको र त्यहाँबाट अर्कै गाडी चढेर भारततर्फ लागेको खुलेको स्रोतले बतायो । गोरेलाई भगाउन गाडीमा लिएर जोगवनी पुगेको खुलेपछि शेर्पालाई झापाबाट नियन्त्रणमा लिइएको थियो ।

शेर्पाले दिएको वयानकै आधारमा अनुसन्धानमा खटिएका अधिकारीहरुले गोरे भारततर्फ भागेको दावी गर्दै आएका छन् । उनका अन्य सहयोगीहरुले भाग्न विरगंज नाकाको प्रयोग गरेको आशंका छ ।

गोरेले प्रहरीका उच्च अधिकारीसंग नजिक बनेर सुन तस्करी गर्ने गरेको छानविन समितिका एक सदस्यले बताए । भने, ‘गोरेसंगको ‘कनेक्सन’ मा धेरै प्रहरी अधिकारी मुछिनुले पनि त्यसको पुष्टि गर्छ । गोरेले सम्बन्ध बनाउन मोटै रकम खर्च गरेको देखिन्छ ।’ सुन तस्करीमा गोरेलाई सहयोग गर्ने र गोरेसंग ‘कनेक्सन’ देखिएको भन्दै हाल सम्म प्रहरीका पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी संजय राउत, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्का पक्राउ परिसकेका छन् ।

महाशाखा प्रमुख दिवेश लोहनी र डीएसपी प्रजित केसी छानविन समितिको निगरानीमा छन् । अन्य प्रहरी अधिकारी समेत जोडिने सम्भावना बलियो बनेको सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त भनिएका गोरे भने फरार छन् । गोरे नेपालमा नरहेको पुष्टि भएको र विदेशमा रहेका कारण पक्राउका लागि अन्य मुलुकका प्रहरीसंग समेत सहयोग लिनलाई डिफ्युजन नोटिस नै जारी गरिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताउनुभयो ।

२०७४ माघ ९ गते दुवईबाट सुन नेपाल भित्रिएको खुलेको छ । त्यसपछि हराएको सुन अहिले सम्म कहाँ छ भन्ने बारेमा खुल्न सकेको छैन । प्रहरी अधिकारीहरु गोरेले नै सुन भारततिर लिएर गएको दावी गर्छन । घटना अनुसन्धानका क्रममा पक्राउ परेकाहरुले दिएको वयानका आधारमा दुवईबाट फोहोरका रुपमा सुन भित्रिएको थियो । विमान भित्र रहेको शौचालयमा एउटा ‘भ्याकुम बक्स’ मा लुकाएर सुनि भित्रन्छ । त्यसलाई सफाई कामदारले फोहोरका रुपमा बाहिर ल्याउँछन् । पछिल्लो सुन पनि त्यसै गरी बाहिरिएको पत्ता लागेको स्रोतले बतायो ।

छानविन समिति स्रोतका अनुसार हत्या गरिएका सनमको हातमा पर्नु पर्ने उक्त सुन विमानस्थलका मेकानिलक हेल्पर सानु वन सहित पुण्य तामाङको समूहले हात पार्यो । वन सहितको टिम अलगअलग मोटरसाइकलमा त्यही सुन लिएर विमानस्थलबाट बाहिरियो । वनले सुन राखिएको मोटरसाइकल लुटिएको जानकारी तामाङ समूहलाई गराएपछि मच्चिएको खैलाबैला सनम हत्या सम्म पुगेको उनले बताए ।

त्यसपछि गोरे समूहले सुन लुकाएको आशंका सनममाथि गर्न थाल्यो । ‘सुन सहित मोटरसाइकल लुटिएको जानकारी दिएका वन भने एक साता सम्पर्क बिहीन भएर विमानस्थलमा साविकको काममा फर्केको पाइयो,’ ती सदस्यले भने, ‘गोरे समूहले सुनको खोजीमा सहयोग गर्न आग्रह गरेपछि भएको उनको मृत्यु नै रहस्यमय वन्यो ।’ प्रेमलाल चौधरीले गरेको भनेको आत्महत्यालाई पनि सुन तस्करी प्रकरणसंगै जोडेर हेरिएको छ ।
घटनामा छानविनका क्रममा पक्राउ परेका भुजुङ गुरुङ र भारतीय नागरिक मोहनकुमार अग्रवाल सुन तस्करीका मुख्य लगानीकर्ता रहेको खुलेको समितिको दावी छ । गुरुङ र अग्रवालको लगानीलाई गोरेले भने व्यवस्थापन गर्न सहयोग गर्थे ।

सनम हत्या काण्डमा क्षेत्राधिकार मिचेर आएको अपराध महाशाखाको टोलीका कारण पनि धेरै कुरा सार्वजनिक हुन मद्धत पुगेको समितिको बुझाई छ । धेरै दिन सम्म मुख नखोले पनि प्रहरी नियन्त्रणमा रहेका अन्य व्यक्तिले दिएको वयानलाई भने मुख्य लगानीकर्ता गुरुङले स्वीकार गरेको एक प्रहरी अधिकृतले बताए । भने, ‘त्यही वयानका आधारमा सुन तस्करीका मुख्य लगानी कर्ता गुरुङ र भारतीय नागरिक अग्रवाल रहेको खुलेको छ ।’
प्रहरीले सुन तस्करी र सनम हत्या काण्डमा ३८ जनामाथि अनुसन्धान भइरहेको जनाएको छ । ती मध्ये अहिले सम्म २७ जनालाई पक्राउ गरिसकिएको छ । पाँच जना प्रहरीसेवासंग जोडिएका छन् । पक्राउ परेका सबैलाई मोरङ प्रहरीको हिरासतमा राखेर अनुसन्धान गरिएको छ ।

‘सुन तस्करी र हत्या प्रकरणमा पक्राउ परेका प्रहरी सेवासंग जोडिएका र अन्य २२ जनाको वयान लिने काम सकिएको छ,‘ मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले भने, ‘सबै अभियुक्तलाई कर्तव्य ज्यान, अपहरण र संगठीत अपराध मुद्दा चलाउने तयारी छ ।’ उनले घटनाको अनुसन्धान र सबै अभियुक्तसंग वयान लिने काम सकिएकाले अदालतमा मुद्धा बुझाउने अन्तिम तयारी भइरहेको बताए ।

कुनै पनि मुद्धामा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा बुझाएपछि वकिल कार्यालयले अदालतमा मुद्धा दर्ता गर्छ । सम्भवत प्रहरीले सबैलाई आइतबार सरकारी वकिल कार्यालयमा पेश गर्दै छ । घटना अनुसन्धानको ६० दिनको समय सीमा भने बैशाख १८ गते सकिंदैछ । को को पक्राउ परे ?
मोरङ प्रहरीका अनुसार आरोपी बालकृष्ण श्रेष्ठ, विरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपाल कुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बीर प्रसाद तोलाङ्गी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महाविर प्रसाद गोल्यान (चाचाजी), राजन थापा, राजेन्द्रकुमार शाक्य, गोविन्द निरौला, अमरमान डंगोल, तुलाराम थारु, राजन कुमार, माधव घिमिरे भनिने मदनप्रसाद घिमिरे, विकासराज खनाल, संजय राउत, बालकृष्ण सञ्जेल र विष्णु खड्का पक्राउ परिसकेका छन् ।cipro

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३