प्रकाशित : ६ बैशाख २०७५, बिहीबार १८:४०


Silvitra tab for sale, buy Zoloft. विराटनगर, ६ वैशाख । १ नम्बर प्रदेशको नाम र स्थायी राजधानीबारे औपचारिक रुपमा छलफल सुरु भएको छ ।
प्रदेशका मुख्यमन्त्रीको निवास राष्ट्र बैंकको निवास भवनमा बिहीबार सबै दलका प्रतिनिधिसामू मुख्यमन्त्री राईले प्रदेशको नाम र राजधानीको विषयमा छिट्टै टुंगो लगाउनु पर्ने बताउनु भएको छ ।
राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता तथा सरकारका मन्त्रीहरुलाई निवासमै बोलाएर छलफल गर्नुभएको हो ।
छलफलमा मुख्यमन्त्री राईसहित सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोइराला र संघीय समाजवादी फोरम नेपालका सांसदीय दलका नेता जयराम यादवलगायतको उपस्थिति थियो ।
बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले सरकारका तर्फबाट दलहरुलाई प्रदेशको राजधानी र नामको विषयमा आन्तरिक हिसावले छलफल सुरु गर्न आग्रह गरेको बताउनु भयो ।
यसैबीच छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारका कामकारबाहीको विषयमा पनि दलहरुलाई जानकारी दिनुभएको थियो ।pharmacy