प्रकाशित : ३० चैत्र २०७४, शुक्रबार ०६:५२


Super Kamagra no rx, cheap dapoxetine. विराटनगर, ३० चैत । केही दिनअघि परेको असिना पानीका कारण मोरङ र सुुनसरीमा ३५ करोड मूल्य बराबरको इट्टा क्षति भएको छ ।
केही दिनयता लगातार दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुनसरीका इट्टा भट्टाहरुमा पोल्नका लागि ठीक पारिएको काँचो इंट्टामा क्षति भएको हो ।
वर्षाका कारण ७ करोड काचो इंट्टा काम नलाग्ने भएर क्षति पुुगेको कोशी इंट्टा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले जानकारी दिनुभयो । क्षति भएको इटाको मूल्य ३५ करोडभन्दा बढी रहेको उहाँको भनाइ छ ।
सुुनसरी र मोरङमा ५३ वटा इटा उद्योग संचालनमा छन् ।
एउटा उद्योगमा १० देखि १२ करोडको लगानी रहेको बताइएको छ । मोरङको दादरबैरियास्थित आनन्द इँटा उद्योगका संचालक दिलिप वगडियाले आफ्नो ६ वटा इटा उद्योगमा १० करोडभन्दा वढि क्षति पुुगेको जानकारी दिनुुुभयो ।pharmacy