प्रकाशित : २७ चैत्र २०७४, मंगलवार १४:४५

विराटनगर, २७ चैत । buy Erectalis, online Zoloft. विराटनगरका निजि विद्यालय नतिजाको तयारीमा रहँदा पोखरिया माध्यमिक विद्यालयले प्रवेश परीक्षा लिईसकेको छ ।

विगत वर्षमा निजि विद्यालयले प्रवेश परीक्षा लिने समयमा परीक्षा लिँदा विद्यार्थीको चाप थेग्न नसकेपछि यस वर्ष सवैभन्दा पहिले परीक्षा लिएको प्रधानाध्यापक खेमराज भट्टराईले बताउनुभयो । आज लिईएको प्रवेश परीक्षामा विद्यालयले निर्धारण गरेको सिट भन्दा दोब्वर बढी विद्यार्थी सामेल भएका छन् । सहभागि भएका सवै विद्यार्थी निजि विद्यालयका रहेका छन् ।

शैक्षिक सत्र २०७५ का लागि लिईएको प्रवेश परीक्षामा ४ सय ४५ विद्यार्थी सहभागि भए । कक्षा ६ देखि ९ सम्मका लागि विद्यालयले २ सय १५ जनाको सिटका लागि लिएको परीक्षामा दोब्बर बढी विद्यार्थी सहभागि भएको प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभयो । गत वर्षको तुलनामा यस वर्ष विद्यालयले विज्ञापन पनि नगरेको उहाँले बताउनुभयो ।

कक्षा ६ को ३५ जना विद्यार्थीको सिटका लागि ५० जना, ७ मा ५० जनाको सिटका लागि १ सय जना, ८ मा ६० जनाको सिटका लागि १ सय ४६ जना र ९ को ७० जनाको सिटका लागि १ सय ४९ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । सिट भन्दा वढी विद्यार्थी परीक्षामा सामेल भएपछि विद्यालयलाई विभिन्न स्थानबाट ‘प्रेसर’ आउन थालेको छ । परीक्षा सम्पन्न नहुँदै जनप्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुले विद्यालयले निर्धारण गरेको सिट भित्र आफ्नो विद्यार्थीलाई समावेश गर्नका लागि दवाव आउन थालेको विद्यालय श्रोतले बताएको छ ।

प्रवेश परीक्षामा मोरङका बुढीगंगा, ग्रामथान, विराटनगर पाञ्चाली, सिरहा, सप्तरी, धनकुटा लगायतका स्थानबाट विद्यार्थी सहभागी भएका थिए । विद्यालय आसपास भन्दा बाहिर र संख्याबृद्धि सँगै विद्यालयले सकुल वस पनि थप्ने तयारी गरेको छ । हाल एउटा स्कुल बस रहेको छ ।

संस्थागत र सामुदायिक विद्यालयमा एकै खालको पढाई हुनथालेपछि पोखरिया माविमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको प्रधानाध्यापक भट्टराईले बताउनुभयो ।

निजी विद्यालय र पोखरिया स्कुलमा एसइई परीक्षामा उस्तै परिणाम आएपछि अभिभावक र विद्यार्थी आकर्षीत भएको प्रधानाध्यापक भट्टराईको भनाई छ । प्रवेश परीक्षामा सहभागि सवै विद्यार्थी निजि विद्यालयको भएको उहाँले बताउनुभयो । विद्यालयले आज अंग्रेजी, नेपाली, गणित, सामाजिक र विज्ञान विषयको एकिकृत रुपमा प्रवेश परीक्षा लिएको थियो । ३ घण्टाको परीक्षामा सवै विषयका २०/२० अंकको प्रश्न सोधिएको थियो ।

प्रधानाध्यापक भट्टराईका अनुसार भोली कक्षा ३ देखि ५ सम्म र कक्षा ९ को प्राविधिक तर्फ ( कम्प्युटर इन्जिनियरिङ) को प्रवेश परीक्षा हुँदैछ । कक्षा ३ देखि ५ सम्म १ सय ५० जना र प्राविधिक तर्फ १ सय १० जना विद्यार्थीले फारम भरेका छन् ।

अभिभावकको न्युनतम सहयोगमा विद्यालयले अंग्रेजी माध्यममा पठन–पाठन शुरु गरेको प्रधानाध्यापक भट्टराईले बताउनुभयो । कक्षा ६ देखि ८ सम्म बार्षिक १० हजार र ९ र १० का विद्यार्थीका लागि बाषिृक १२ हजार लिने गरिएको उहाँले बताउनुभयो । विद्यालयले अभिभावक सहयोग भनेर शुल्क लिने गरेको छ । कक्षा १ देखि ५ सम्म भने पूर्ण नि : शुल्क छ । विद्यालयमा ९ जना शिक्षक निजि श्रोत सहित गरि ५३ जना रहेका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३