प्रकाशित : २६ चैत्र २०७४, सोमबार २२:०३

विराटनगर, २६ चैत । buy Viagra Super Active online, purchase clomid. विभागिय टिम त्रिभुवन आर्मी क्लबमाथि सानदार जित निकाल्दै रुस्लान थ्रीस्टार क्लब विराटनगरमा सम्पन्न विराट गोल्डकप च्याम्पियन बनेको छ ।

फाइनल खेलमा ३–० को फराकिलो गोल अन्तरले सिजनकै सर्वाधिक उपाधि जितेको टिम आर्मीलाई निराश बनाउँदै थ्रीस्टारले उपाधि कब्जा गरेको हो । थ्रीस्टारको जितमा अनन्त तामाङले एक र विमल घर्तीमगरले दुई गोल गरे । विराट गोल्डकपसंगै थ्रीस्टारले सिजनमा पाँचौं उपाधि उचालेको छ । सन्तोशजनक खेल पस्कन नसक्दा आर्मी सिजनको आठौं उपाधिबाट विमुख बन्यो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

५६ औं मिनेटमा गोलको खाता खोलेको थ्रीस्टारले त्योसंगै आर्मी विरुद्ध तीन गोल बर्षायो । थ्रीस्टारका रजिन धिमालको कर्नर प्रहारमा अनन्त तामाङले हेडमार्फत उत्कृट गोल गर्दै टिमलाई अग्रता दिलाउँदा आर्मी दवावमा पर्यो । ७६ औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–० को अवस्थामा आयो ।

आर्मीका जितेन्द्र कार्कीले डिबक्स भित्र विदेशी खेलाडी मार्टिनलाई तानेर लडाएपछि थ्रीस्टारले पेनाल्टीको मौका पाउँदा विमल चुकेनन् ।

८८ औं मिनेटमा विमलले अन्तिम गोल थप्दै खेललाई ३–० को अवस्थामा ल्याएपछि आर्मी सम्हालिन सकेन । डिबक्स नजिकैबाट उनले गरेको सिधा प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले ‘क्याच’ गर्न नसक्दा कुथुकै हातमा ठोक्किएर बलले जाली चुम्यो । खेललाई पूरै नियन्त्रणमा लिएको थ्रीस्टारले गोल गर्नका लागि पाएका अरु आधा दर्जन अवसरको सदुपयोग गर्न सकेन ।

३८ औं मिनेटमा आर्मीका भरत खवासको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले बचाए । ४१ औं मिनेटमा टंक बस्नेतको प्रहार बाहिरिएपछि आर्मीले खेलमा लय गुमायो । त्यस लगत्तै आर्मीका स्टार खेलाडी नवयुग श्रेष्ठले थ्रीस्टारका खेलाडीलाई विट गर्दै गरेको प्रहारमा गोलरक्षक न्यौपाने बाधक बन्दा पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।

७५ औं मिनेटमा नवयुगको प्रहारलाई सुमन अर्यालले उत्कृष्ट हेडिङ गरे पनि गोलरक्षक न्यौपानेले ‘क्लियर’ गरिदिंदा आर्मीले सान्त्वना गोल गर्ने अवसर पनि गुमायो । गोल्डकप विजेता टिम थ्रीस्टारले १२ लाख ७१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो । उपविजेता आर्मीले पाँच लाख ५१ हजार रुपैयाँमा चित्त बुझायो ।

फाइनल खेलको म्यानअफ दी म्याच थ्रीस्टारका मार्टिनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

म्यान अफ दी टुर्नामेन्ट घोषित थ्रीस्टारका अनन्त तामाङले मोटरसाइकल प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र व्यवस्थापक मुकेश नकर्मी घोषित भए ।

उत्कृष्ट गोलरक्षक थ्रीस्टारका एलन न्यौपाने, उत्कृष्ट मिड फिल्डर थ्रीस्टारकै सुनिल बल, फरवार्ड आर्मीका भरत खवार, डिफेन्समा आर्मीका विमल पाण्डे घोषित भए ।

उनीहरुले २५ हजार नगद पुरस्कार पाए । सर्वाधिक गोलकर्ता विमल घर्तीमगरले पनि २५ हजार पाए । उनले प्रतियोगिता भर चारवटा गोल गरेका छन् ।

 avana

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३