प्रकाशित : २५ चैत्र २०७४, आईतवार २१:२२

विराटनगर, २५ चैत । बालबालिको शुद्ध अंग्रेजी सिकाईलाई प्रभावकारी बनाउन शैक्षिक सत्र २०७५ देखि विराटनगर स्थित एभरेष्ट उच्च माविले नर्सरी देखि एलकेजीसम्म स्माईल कक्षा अवधारणा सुरु गर्ने भएको छ ।

कक्षा कोठाको वातावरणलाई बालबालिकामैत्री वनाई सिकाईका लागि हरेक कक्षामा ग्रिनबोर्ड र प्रोजेक्टरको प्रयोग गरिने छ । प्रोजेक्टरबाट अडियो–भिज्वल दुबैको प्रयोग गरेर पठनपाठन गरिने भएकाले त्यसले विद्यार्थीलाई अंग्रेजी शुद्ध बोल्न पूर्ण रुपमा सहयोग पुग्ने विश्वास उक्त स्कुलका प्रिन्सिपल टिकाराम पुरीको छ ।

“यो सिकाईको नयाँ तरिका हो, यसले छोटो समयमै बालबालिकाहरुलाई शुद्ध अंग्रेजी बोल्न अभिपे्ररित गर्छ ”– प्रिन्सिपल पुरीले भन्नुभयो । विद्यालयले सिकाईलाई शैद्धान्तिकरुपमा मात्र सिमित नगरी व्यवहारिकरुपमा उतार्न गणित र भाषा विषयको मात्र नभएर ओबिटी प्रयोगशालाको समेत व्यवस्था गर्ने भएको छ ।

कक्षाकोठाको सिकाई भन्दा प्रयोगशालाको सिकाई बढी प्रभावकारी हुने भएकाले यस्तो व्यवस्था सुरु गर्न लागिएको प्रिन्सिपल पुरीको भनाई छ ।

कुनै पनि विद्यार्थीलाई जति कितावी ज्ञानको आवश्यकता पर्छ त्यति नै उसलार्ई शारीरिक व्यायमको पनि आवश्यकता पर्ने कुरालाई ध्यानमा राखी आगामी बैशाख देखि उक्त स्कुलले स्पोर्ट भिलेज (खेल ग्राम) पनि सञ्चालनमा ल्याउँदै छ ।

उक्त स्पोर्ट भिलेजमा पौडी, फुटवल, टीटी हल,व्याडमिन्टनका साथै बास्केटबलका आवश्यक पूर्वाधार निर्माण गरिने छ । यसले सम्पूर्ण विद्यार्थीको सर्वाङ्गिण विकासमा पूर्ण सहयोग पुग्ने प्रिन्सिपल पुरीको दाबी छ ।

“अहिले प्रतिस्पर्धाको युग हो, त्यसैले अव परम्परागत सिकाईले मात्र दक्ष जनशक्ति उत्पादन नहुने भएकोले विद्यालय शिक्षामा नयाँ नयाँ अबधारणाहरु ल्याउन आवश्यक छ”– उहाँले भन्नुभयो । एभरेष्ट स्कुलको उत्पादन मानसिक रुपमा मात्र होईन शारीरिक रुपले उत्तिकै उच्च मनोबल भएको र सक्षम हुने उहाँको दाबी छ ।

विद्यार्थीको सख्यामात्र बढाउने होईन त्यसको व्यवस्थापनमा पनि स्कुलले उत्तिकै ध्यान दिएको छ । त्यसका लागि हरेक विद्यार्थीलाई शिक्षकले पूर्ण रेखदेख गर्न सजिलो होस भनेर प्रत्येक कक्षा कोठामा विद्यार्थीको सख्यालाई सिमित गरिएको छ ।

जसमा नर्सरी देखि यू केजी सम्मका प्रत्येक कोठामा २५ जना, कक्षा १ देखि पाँच सम्मका कक्षा कोठामा प्रति कक्षाकोठा ३० जना र त्यो माथिका कक्षाकोठामा ३५ जना मात्र विद्यार्थी राखेर पठन पाठन गरिने अवधारणा स्कुलले अघि सारेको छ । यसले प्रत्येक पिद्यार्थी शिक्षकको नजरमा रहने विश्वास स्कुलले लिएको छ ।

२०५४ सालबाट सञ्चालनमा आएको उक्त स्कुलबाट अहिले सम्म विभिन्न १७ वटा व्याजले माध्यमिक तह उत्तीर्ण गरिसकेका छन् । प्रत्येक बर्षका एसएलसी हाल एसइईमा शतप्रतिशत परिणाम ल्याउन सफल उक्त स्कुलले २०६८, २०७० र २०७३ सालमा पूर्वाञ्चल प्रथम गर्न समेत सफल भइसकेको छ ।

order Cialis Soft online, buy zithromax online. यसरी विद्यालय शिक्षामा पूर्वाञ्चलमै सफल हुन पुगेको उक्त स्कुलले उच्च मावि तर्फ पनि उत्तिकै सफलता हासिल गर्दै आएको छ । यसरी सफलताको सिडी चढिरहेको उक्त स्कुलले आगमी बर्ष देखि बाणिज्य र विज्ञान विषयमा स्नातक तह सम्मको कक्षा सञ्चालनमा ल्याउने भएको छ । त्यसका लागि जग्गा तीन बिघा जग्गाको समेत बन्दोबस्त भई सकेको छ ।fluoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३