Breaking News

श्री निवासाचार्यलाई गोली प्रहार गरेको आशंकामा दुई पक्राउ

प्रकाशित मिति : २५ चैत्र २०७४, आईतवार २०:५१

विराटनगर, २५ चैत । हिन्दु धर्मका अभियान्ता श्रीनिवासाचार्यलाई गोली प्रहार गरेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

आज विहान भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनास्थल विराटनगर १४ जतुवा क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले जानकारी दिनुभयो । प्रहरीले स्थानीय राजनकुमार यादव र विनोद दासलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आज विहान राति २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातिको कुम मुनिको भाग छेडेर गोली पार भएको छ । घटनामा मंगोललाई हेपेको भन्ने विषय लेखिएको पर्चा भेटिएको कारण मंगोल अर्गनाइजेसनको संलग्नता हुनसक्ने भएपनि यकिन नभएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न मोरङका सबै ठाउँमा सर्च अभियान चलाएको जनाएको छ ।

सुनसरीको चकरघट्टीमा बसेर धार्मिक अभियान सञ्चालन गर्ने स्वामी आजदेखि विराटनगर १४ रामजानकी मन्दिरमा हुने श्रीमद्भागवत पुराणमा सहभागी हुन हिजो विराटनगर आउनु भएको थियो । आचार्यलाई गोली हानेपछि भने पुराण स्थगित भएको छ ।

order Viagra Professional online cheap, dapoxetine without prescription. राप्रपाद्धारा घटनाको छानवीन माग
राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन समूहले विराटनगरमा धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले शनिबार गरिएको गोली प्रहारको निन्दा गर्दै घटनाको अविलम्ब छानवीनको माग गरेका छन् ।

राप्रपाका प्रवक्ता भुवन पाठकले आज विज्ञप्ति जारी गरी केही समयदेखि हिन्दूत्वलाई कमजोर बनाउने, हिन्दू धर्मगुरु र धार्मिक संघसंस्थालाई भयभीत तुल्याउने उद्देश्यले घटना गराइएको आरोप लगाउँदै धार्मिक गुरु एवं व्यक्तित्वको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभएको छ । विज्ञप्तिमा अपराधीलाई सजाय दिन र यस प्रकारको घटना दोहोरिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले पनि विज्ञप्ति जारी गरी घाइते आचार्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न अभियुक्तलाई पहिचान गरी दण्डित गर्न आग्रह गर्नुभएको छ ।

एकीकृत राप्रपा (राष्ट्रवादी) का केन्द्रीय सदस्य सुन्दर पाण्डेले पनि हिन्दू धर्मका पक्षमा वकालत गर्ने गुरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिलाई प्रहार गर्ने योजनाबद्ध शृंखलाको विरोध गर्नुभएको छ ।

हिन्दू जागरण अभियानका प्रदीपविक्रम राणाले ‘हिन्दू धर्म, संस्कृति, परम्परालाई हतोत्साहन गर्न गराइएको’ उक्त घटनाका अभियुक्त, मतियारर योजनाकार सबैलाई कारवाही गर्न माग गर्दै घाइते गुरुको उपचारमा विशेष ध्यान दिन सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३