प्रकाशित : २४ चैत्र २०७४, शनिबार ०६:४६

विराटनगर, २४ चैत । order Cialis soft FRUIT online, buy zithromax. विभागिय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा गएराती सम्पन्न पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।

उपाधिका लागि आर्मीले आगामी सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्नु पर्ने छ । आर्मीको जितमा विमल पाण्डे नायक बने । ६८ औं मिनेटमा भरत खवासले प्रहार गरेको कर्नरलाई हेडमार्फत वायाँ बार च्याप्दै पाण्डेले पोष्टको दिशा दिंदा झापा दवावमा पर्याे ।

दर्शकको भारी समर्थन पाएको झापाले ४२ औं मिनेटमा गोरक्षक मनोज प्रधानका ठाउँमा किरण चेम्जोङलाई मैदानमा लगे पनि उनले आर्मीको प्रहार रोक्न सकेनन् । क्वाटरफाइनलमा आर्मी अर्काे विभागिय टिम नेपाल पुलिस क्लब र झापा छिमेकी टिम रिजालको मोरङ–११ लाई पारजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए ।

गोल गर्नका लागि पाएका आठवटा सुन्दर अवसरको सुदपयोग गर्न नसक्दा झापा विराट गोल्डकप आयोजकले प्रदान गरेको ३० हजार रुपैयाँ म्याच मनी बोकेर घर फर्कन बाध्य भयो । बारम्बार पोष्ट एट्याक गरिरहे पनि फिनिसिङ कमजोर हुँदा झापाले विपक्षी बार भत्काउन सकेन । खेलको म्यान अफ दी म्याच घोषित भएका आर्मीका कप्तान भरत खवासले १० हजार नगद पुरस्कार पाए । आजको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लब र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३