प्रकाशित : २४ चैत्र २०७४, शनिबार ०६:४३

विराटनगर, २४ चैत । Viagra soft FRUIT no rx, purchase clomid. सामाजिक सेवा गर्ने संस्था रेडक्रसले असामाजिक गतिविधि गर्न थालेको छ । नेपाल रेडक्रस सोसाइटीको विराटनगरमा हुने तय गरिएको ४७ औं केन्द्रीय महाधिवेशनका लागि हचुवाका भरमा २ सय ८९ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
सामाजिक संस्था भएर पनि रेडक्रसले समाजसँग छलफल नै नगरी मनपरी ढंगले नाम राखेको छ । समारोह समितिमा बसेका धेरै व्यक्ति तथा संस्थालाई समिति गठन गरेको पनि थाहा छैन । रेडक्रस मोरङ शाखाको आयोजनामा गर्न लागिएको केन्द्रीय महाधिवेशन यही चैत २८ र २९ गते अतिथि सदन विराटनगरमा हुन गैरहेको छ । अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न मूल समारोह समितिसहित विभिन्न उपसमिति गठन गरिएको जनाइएको छ ।

रेडक्रस मोरङ सभापति सुवोधकुमार सिंह नै मूल समारोह समितिको सभापति रहेको समितिको सदस्यमा विराटनगरका मेयरदेखि मोरङका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, जिल्ला प्रहरी प्रमुख, सेनाको सूर्य दल गण थलाहा प्रमुख, सशस्त्र प्रहरी गण कंकालिनी गण टंकीका प्रमुखसम्म छन् ।

समितिमा कोशी अञ्चल अस्पताल देखि लिएर जिल्लाका विभिन्न कार्यालय, रोटरी, लायन्स, उद्योग संगठन, मोरङ व्यापार संघका अध्यक्षसमेत समितिमा छन् ।

यस्तै समितिमा नेपाल पत्रकार महासंघ मोरङ शाखादेखि लिएर नेपाल टेलिभिजन, कान्तिपुर दैनिक, रासस समाचारका प्रमुखदेखि विराटनगरका स्थानीय प्रमुख सञ्चार माध्यमका प्रमुखसमेत सदस्यमा छन् । रेडक्रसले अधिवेशनलाई भव्य बनाउन मूल समारोह समितिमा विभिन्न विशिष्ठ व्यक्तित्वलाई राखेको पर्चा बनाएर बाँडे पनि सदस्यमा रहेका अधिकांशलाई जानकारी नै छैन ।

यस सम्वन्धमा समितिका सभापति सुवोधकुमार सिंहले केही बोल्न चाहेनन् भने शाखा मन्त्री(सचिव) डिल्ली पोखरेल र कोषाध्यक्ष समेत बोल्न चाहनु भएन । स्रोतका अनुसार वरिष्ठ व्यक्ति तथा संस्था राख्दा बढी खर्च गरेको देखाउन पाइन्छ । महाधिवेशनका लागि मोरङ शाखाले नै २१ लाख रकम छुट्याएको छ ।

५४ उपशाखा, ६ सहयोग समिति, १ सय २१ जुनियर रेडक्रस सर्कल रहेको मोरङ रेडक्रस अन्तर्गत श्रेयस्कर, आजीवन र साधारण गरी सात हजार पाँच सय ३५ सदस्य छन् । रेडक्रस मोरङले प्रत्येक वर्ष गर्ने साधारणसभासमेत गुपचुप रूपमा ग्रामीण भेकमा लगेर गर्दै आएको शाखाका पूर्व उपसभापति तारानाथ भट्टराईले बताउनुभयो ।

आर्थिक अनियमितता गर्न सजिलो होस् भनेर विराटनगरमा नगरी बाहुनी, सिजुवा जस्ता ग्रामीण स्थानमा लगेर गुपचुपमा जिल्ला साधारणसभा हुने गरेको रेडक्रसका आजीवन सदस्य अधिवक्ता राजकुमार राजवंशीले आरोप लगाउनुभयो ।

समितिमा राखिएका संस्थाका नामहरू समेत हचुवाको भरमा राखिएको छ । मुल समारोह समितिमा अध्यक्ष रोटरी क्लव विराटनगर र अध्यक्ष लायन्स क्लव विराटनर लेखिएको छ । लायन्स क्लव विराटनगरमा ३० वटा छन् भने रोटरी क्लव पनि चार वटा छन् ।

ती क्लवहरूमा कुन क्लवको अध्यक्ष हो स्पष्ट छैन । विराटनगरका लायन्स क्लव तथा रोटरीका अध्यक्ष कसैलाई रेडक्रस महाधिवेशनको मूल समितिमा गठन भएकै थाहा छैन ।रोटरी क्लव अफ विराटनगरका अध्यक्ष कमल अग्रवालले रेडक्रसको महाधिवेशनको बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।

महाधिवेशनका लागि २१ लाख विनियोजन
नेपाल रेडक्रसको विराटनगरमा हुने महाधिवेशनको लागि मोरङ शाखाले २१ लाख बजेट छुट्याएको छ । गत फागुन २६ गते बाहुनीमा भएको साधारणसभाले २१ महाधिवेशनका लागि २१ लाख रकम पारित गरेको शाखा प्रतिवेदनमा उल्लेख छ ।

रेडक्रस मोरङबाट सञ्चालित विभिन्न आर्थिक गतिविधि पारदर्शी नभएको गुनासो आइरहदा पनि रेडक्रस पदाधिकारी भने यस बारेमा बोल्न चाहदैनन् ।

आफू २०४२ सालमा रेडक्रसको आजिवन सदस्य भएको र कुनै उपशाखा वा जिल्ला समितिमा जान पहल गरिरहेको भएपनि अहिले सम्म जान नपाए अधिवक्ता डिल्ली सिटौलाको गुनासो छ । सीमित बाहेक अरुलाई छिर्न नदिने रेडक्रसको नियतले गर्दा अनियमितता गर्नेहरुको रेडक्रस क्रिडास्थल भएको भन्दै सिटौलले गुनासो गर्नुभयो ।cipro

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३