प्रकाशित : २३ चैत्र २०७४, शुक्रबार ०७:५६


Cialis Professional for sale, zithromax reviews. विराटनगर, २३ चैत । विराटनगरमा जारी विराट गोल्डकपको पाँचौं संस्करण अन्र्तगत आजदेखि सेमीफाइनल चरणका खेलहरु शुरु हुँदैछ । आजको पहिलो सेमीफाईनलमा खेलमा आजको पहिलो सेमिफाइनल खेलमा विभागिय टिम त्रिभूवन आर्मी क्लब र झापा ११ बीच प्रतिष्पर्धा हुने छ ।
आर्मीले क्वाटरफाईनलमा विभागिय नेपाल पुलिस क्लवलाई र झापाले आयोजक मोरंग ११ लाई ट्राईब्रेकरमा पराजित गर्दै सेमीफाईनलको यात्रा तय गरेका हुन । प्रतियोगिता अन्र्तगत खेल स्थानीय सहिद रंगशालामा साँझ ६ वजे शुरु हुने छ ।
यसअघि गएराती सम्पन्न खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्री स्टार क्बल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार राशिको नगद पुरस्कारसहित शिल्ड प्राप्त गर्ने छन् । प्रत्येक दिनहुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कारसहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिने आयोजकले बताएको छ ।clomid