प्रकाशित : २३ चैत्र २०७४, शुक्रबार ०७:५४

Sildalis no rx, buy zithromax online. विराटनगर, २२ चैत । मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्री स्टार क्बल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर स्थित सहिद रंगशालामा गएराती सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मनाङको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ सम्म १–० गोल अन्तरले अगाडि रहेको मनाङलाई अन्तिम समयमा आएर थ्री स्टारले निराश तुल्यायो ।

उत्कृष्ट पुर्नआगमन गर्दै खेलमा फर्किएको थ्री स्टारको जितमा विमल घर्तीमगर र विदेशी खेलाडी मार्टिनले गोल गरे । खेलको १९ औं मिनेटमा मनाङले अग्रता लिएको थियो । सुवास गुरुङको पासमा विशाल राईले डिबक्स भित्रबाट गरेको हाफ बाईसाईकल प्रहारले जाली चुम्दा थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले कुनै मौकै पाएनन् ।

खेलको ७१ औं मिनेटमा विमल घर्तीमगरको पेनाल्टी सुटमार्फत भएको गोलले थ्री स्टारलाई खेलमा फर्कन मद्धत गर्याे । मनाङका गोलरक्षक विशाल श्रेष्ठले विपक्षी खेलाडी मार्टिनलाई डिबक्स भित्र गलत ‘ट्याकल’ गरेर लडाएपछि रेफ्री श्रवण लामाले थ्री स्टारलाई पेनाल्टीको मौका दिएका थिए । त्यसको चार मिनेट पनि वित्न नपाउँदै थ्री स्टार २–१ ले अघि बढ्यो । ७५ औं मिनेटमा मार्टिनले गोल गर्दा थ्री स्टारको जित निश्चित बन्यो । विमलको लङ पासमा मार्टिनले हेडमार्फत उत्कृष्ट गोल गरे ।

थ्री स्टारले आगामी शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा संकटाको सामना गर्ने छ । हिजोको खेलसंगै विराट गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ । यस अघि नै रमपम झापा ११, संकटा र त्रिभूवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरिसकेका छन् । खेलको म्यान अफ दी म्याच थ्री स्टारका मार्टिन घोषित भए ।

उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए । आजको पहिलो सेमिफाइनल खेलमा विभागिय टिम त्रिभूवन आर्मी क्लब र झापा ११ बीच प्रतिष्पर्धा हुने छ ।top avana

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३