प्रकाशित : २२ चैत्र २०७४, बिहीबार ०६:३८

Malegra buy online, generic dapoxetine. विराटनगर, २२ चैत । विभागिय टिम त्रिभूवन आर्मी क्लब जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । गएराती सम्पन्न क्वाटरफाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले स्तब्ध बनाउँदै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो ।

आर्मीले शुक्रबार रमपम झापा ११ संग प्रतिष्प्रधा गर्ने छ । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो ।

टाईब्रेकरमा डिफेन्डिङ च्याम्पियन पुलिस अभागी ठहरियो । सिजनमा आर्मी र पुलिसको यो तेस्रो भेट हो । सबै खेलमा पुलिस पराजित हुन पुग्यो । आर्मीका तर्फबाट कप्तान भरत खवास, जर्जप्रिन्स कार्की, दिपक गुरुङ र विवेक बस्नेतको प्रहारले जाली चुम्यो । पुलिसका सुमन लामा र दिनेश राजवंशीको प्रहारले मात्रै पोष्टको दिशा लिन सक्यो ।

निरकुमार राई र मानबहादुर परियारको प्रयास असफल भयो । राईको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले रोकिदिए भने परियारको प्रहार बाहिरियो । खेल टाईब्रेरकमा जाने निश्चित भएपछि पुलिसले गोलरक्षक परिवर्तन गरेको थियो । सत्रु चौधरीका ठाउँमा प्रवेश गरेका रोशन खड्काको भूमिका सन्तोशजनक रहेन ।

खेलको म्यान अफदी म्याच नेपाल पुलिसका रवि पासवान घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।

आज अन्तिम क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टारबीच प्रतिष्पर्धा हुने छ ।avana

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३