प्रकाशित : २१ चैत्र २०७४, बुधबार ०६:४९

Brand Viagra no rx, order zithromax. दीपक निरौला
‘मान्छेको बुद्धि अनुसारकै भाग्य हुन्छ, त्यस्तै व्यवशाय गर्छ र उस्तै सहयोगी पनि पाउँछ ।’ व्यक्तिका आ–आफ्ना रुची हुन्छन् । मान्छेको दिमागमा स्केचले तयार पारेको फ्रेमवर्क भित्र रहेर कला प्रस्तुत गर्छ ।

संस्कृतमा रचिएका हाम्रा धर्मग्रन्थहरू ज्ञानका समुन्द्र हुन् । यी ग्रन्थ जसले अध्ययन गरेको छ, तिनीहरूको जीवन संस्कारयुक्त रहेको छ । जुनसुकै कामको लागि पहिलो कुरा सकारात्मक सोच र बोलीमा मिठासता चाहिन्छ । यी सब कुरा के बाट प्राप्त हुन्छ त भन्दा परिवार र समाजबाट हो । भनिन्छ, संस्कार विनाको व्यक्ति र सलेदो विनाको टुकी एउटै हो ।

पूर्वी पहाडी जिल्ला खोटाङको दुर्गम गाउँ कुभिण्डेमा २००३ सालमा जन्मिएका जीवनाथ पोखरेल माथि भनिए अनुसारकै संस्कारयुक्त गुणले भरिएका अब्बल दर्जाका व्यक्ति हुन् । सेताम्मे हिंउझै फूलेका लामा–लामा दाह्री कपालमा ठाँटिएर हिंड्ने जीवनाथ इनरुवा नगरपालिकाको बलाहाका स्थायी वासिन्दा हुन् । रोजगारीका लागि उनका बा (पिता) गोविन्दप्रसाद भारतको कलकत्ता जान्थे ।

खोटाङको कुभिण्डेबाट भौगोलिक विकटतालाई छिचोल्दै खाली खुट्टै धारिला ढुंगाको घोपाई र गर्मीको रापलाई सहन गर्दै नेपाल भारत आउजाउ गर्थे । छुट्टीको समयमा आउजाउ गर्नै दुई सातालाग्ने र पहाडी क्षेत्रमा यातायातको सुविधाबाट कयौं वर्ष बञ्चित हुनुपर्ने जानेर नै सुगम स्थानमा बसोबास गर्ने सोच बनाए ।

कलकत्ताको बसाईलाई त्यहीबेला छोडेर गोविन्दप्रसादले इनरुवामा नै कृषि पेशामा संलग्न रहन थाले । २०१० सालमा कुभिण्डे छोडेर जीवनाथ आमा शान्तादेवीको साथ लागेर इनरुवाको बलाहामा वासस्थान कायम गरे । आजपनि त्यही स्थानमा जीवनको उत्तराद्र्धमा जीवनाथ रचनात्मक काममा तल्लिन छन् ।

कखरा चिनाउने र चण्डी दुर्गा कवच कण्ठस्त पार्न लगाउने पहिलो गुरु आमा शान्तादेवी नै भएको उनी बताउँछन् । औलो र गर्मी आतंकसँग पौंठेजोरी खेल्दैगर्दा पढ्नुपर्छ भन्ने चेतना पहिल्यै आएको हुँदा विधिवत रूपमा २०१० सालमा तात्कालिन मोरङ जिल्लाको भगवती मिडिल स्कुलमा २ कक्षामा भर्ना भए । पैदल हिंड्दा करिव १ घण्टामा छिचोलिने स्कुले बाटो उनी एक्लै यात्रा गर्थे । अर्थात् त्यो बेला उनीसँग स्कुल पढ्न जाने साथी कोही पनि थिएनन् । उनले पहिलो पटक पढेको कक्षामा जम्मा १२ जनामात्र विद्यार्थी थिए ।

बालकक्षामा अध्ययन गर्दै जाँदाको ‘पेरिफेरी’ मा पिता कृषि पेशामा संलग्न रहेका कारण धान कुटाउन त्यो बेलापनि मिल नै प्रयोग गरिन्थ्यो । एक दिन पिता गोविन्दप्रसादसँग इनरुवा बजारमा रहेको माडवारीको मिलमा धान कुटाउन गएछन् । त्यहाँ डालोमा धान भरेर मिलको घानीमा खन्याएको देखेपछि उनको बालमस्तिष्कमा मिलको स्केच तयार भएछ ।

साँझ घर फर्किएपछि बाँसको कलम तिखारेर तयार पारे । अनि, मसीकोलागि आगो बाल्दा घरका भित्तामा लागेको ध्वाँसोमा पानी मिसाएर तयार पारिएको मसिमा कलम चोब्दै चित्र कोर्न थाले । १०/११ वर्षको कलिलो उमेर भएपनि उनका बाले पढ्नका लागि भारतीय साहित्यिक पुस्तक प्रीय प्रभाषको किताव ल्याएका रहेछन् । त्यही कितावको पछाडिको खाली पानामा हात्तीको शरीरलाई परिकल्पना गरेर तयार पारिएको थियो । यो नै उनको पहिलो चित्रकला प्रवेशको शुभ साइत थियो । त्यसपछि उनले विभिन्न किसिमका चरा, गाई, घोडालगायतका चित्र कोर्न आफ्ना हातलाई समाहित गर्न थाले ।

संयोग नै भन्नु पर्छ नाम जीवनाथ भएकोले काम पनि जीव विज्ञानतर्फ अगाडि बढ्यो ।
चित्रकलामा रुची भएपछि त्यसमा खारिन उनले भगवानका फोटाका पछाडि डाम बसेको ठाउँमा त्यही आकारमा चित्र कोर्न थाले । आमाले पूजागर्न राखेका फोटाहरू फ्रेमबाट सुटुक्क निकालेर चित्र कोर्यो अनि जस्ताको तस्तै राखिदिने गर्थे । जसबाट सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने असल जुक्ति लगाउँथे ।

चित्रकलाका साथै कितावी ज्ञानमा पनि राम्रो दख्खल राख्थे । २०२१ सालमा एसएलसी गान्धी डिभिजन अर्थात् तृत्तिय श्रेणीमा पास गरे । त्यसपछि धरानको महेन्द्र कलेजमा आइए पढ्न थाले । आफ्नो कलालाई भने उनले निरन्तरता दिइनै रहे । पढाई धरान भएपनि परीक्षा चाहिं उनले भारतको बनारसबाट दिए । पिता पहिले कलकत्तामा रोजगारी गर्ने भएकाले छोरो पनि अन्तर्राष्ट्रिय भाषा अंग्रेजी, हिन्दीमा अब्बल बनोस् भन्ने हेतुले बनारस रोजेको उनी बताउँछन् । पछि धरानबाटै बीएसम्मको अध्ययन पुरा गरे ।

२०२६ सालमा बलाहाको नेपाल राष्ट्रिय अमर विद्यालयमा शिक्षकको रूपमा काम गर्न थाले । यो भन्दा अघि २ वर्ष जिल्ला शिक्षा कार्यालय इनरुवामा काम गरिसकेका थिए । रुची चित्रकलामा भएपनि उक्त विद्याले पाल्ने छाँट नदेखेपछि रुची बेगरको वैकल्पिक पेशा सम्हाल्न बाध्य भए । २०३० सालमा नेपाल राष्ट्रिय अमर विद्यालय ‘शारदा’ निम्न माध्यमिक विद्यालयमा रूपान्तरण भयो ।

हाल शारदा माविमा कक्षा १ देखि १० सम्म र शारदा सामुदायिक कलेज भएर गुणस्तरीय विद्यार्थी उत्पादनमा तल्लिन छ । यही शारदा माविमा ३२ वर्ष नेपाली, स्वास्थ्य र शिक्षा विषयको अध्यापक रहे ।

२०५२ सालमा युनिसेफको संयोजक भएर पूर्वाञ्चलका उदयपुर,सिराहा,सप्तरी, सुनसरी र मोरङमा काम गरे । प्रशिक्षणका क्रममा टिपोट गर्न दिएका डायरी अनि उपस्थिति पुस्तिका लगायत अन्य कागजपत्रमा नामको साटो चराको चित्र बनाएर आफ्नो उपस्थिति जनाउथे ।

यसबाट उनी चरा विज्ञको रूपमा परिचित हुँदै गए । किन तपाईंको रुची चरा तर्फ ? भन्दा कसैले नगर्ने र जसको कोही छैन त्यसैको गर्दाको मज्जा नै बेग्लै भएकोले त्यतातर्फ लागेको बताउँछन् । चरा प्रकृतिका गहना हुन् ।

यो मानव जातीकोलागि प्रकृतिले दिएको उपहार हो । मानवसँग यी जन्तुको अपरिहार्य सम्बन्ध कायम छ । नेपालमा धेरै सिमसार क्षेत्र भएको र नजिकैको कोशी टप्पु वन्यजन्तु आरक्षमा ५ सय ६२ प्रजातीका चरा पाइने भएकोले तिनको प्रतिनिधित्व यिनै अक्टोजेनेरियन (असी वर्ष) को आसपासमा यात्रारत व्यक्तिले मात्र गरेका छन् । राज्यले साथ दिएन भने व्यक्ति एक्लोको प्रयास एक्लो वृहस्पती झुठो भए झैं निरर्थक ठहरिन्छ ।
यता उनले प्रचार–प्रसारका लागि पनि पर्याप्त प्रयास गरेकै हुन् । युनिसेफको कार्यक्रममा ललतिपुरको रातो बंगालाका तात्कालिन डाइरेक्टर शान्त दिक्षितसँग नगरकोटमा कार्यक्रमको सिलसिलामा भेटभएपछि उनका चित्रबाट प्रभावित भएका दिक्षितले संग्रहित गर्न सुझाएछन् । जहाँ बस्यो चराको चित्र बनायो, रंग भर्यो, फाल्यो । उनका यी दैनिकी थिए । संग्रहित नभएपनि उत्कृष्ठ चित्रकारको रूपमा आफ्नो स्तर उकास्ने काम गरिरहेका थिए । २०५७ सालबाट उनले डायरीमा कलात्मक चराका चित्र संग्रहित गर्न थाले ।

नेपाल सरकारले २०६० सालमा कोशी टप्पु वन्यजन्तु आरक्षमा चौथो कोशी टप्पु चरा महोत्सव आयोजना गर्ने निर्णय गर्यो । त्यसबाट उत्साहित भएर जीवनाथले कुची र रंगले पोतिएका चरा लिएर कोशी टप्पु पुगे । देश राजनैतिक द्वन्द्वले चरमोत्कर्षमा पुगेको समय भएकोले महोत्सव पनि बन्दको चपेटमा पर्यो ।

यतिसम्म कि ७ दिने महोत्सवमा स्थानीय केही बाहेक बाह्य १ जना पनि दर्शक आएनन् । त्यो बेला जुन उत्साह बोकेर एउटा कलाकर्मी प्रस्तुत भएको थियो त्यसको मनमा के भयो होला ? विगतको तीतो अनुभवको कहिरन रिठ्ठो नविराई उनले सुनाए । बन्द, हड्ताल र द्वन्द्वले लुकामारी गर्दै एक वर्ष विताएको उनलाई पत्तै भएन । २०६१ साल पुसको ठिही शितलहर र तुसारो लिएर त आयो तर बन्द हड्ताल समेतसँगै लिएर पाँचौ कोशी टप्पु महोत्सव आयो ।

जीवनाथले यसपटक पनि भाग लिए । पहिलो वर्षको शून्यतालाई तोड्दै तात्कालिन पर्यटन बोर्डका कार्यकारी निर्देशक सुवास निरौला र पंक्षी संरक्षण संघका डाइरेक्टर हेमसागर बराल दुई प्राणीले खालीपनको अन्त्य गराए । उनीहरू बाहेक बाहिरबाट आउने नरो कुञ्जरो कसैले साथ दिएन ।

२०६४ सालमा काठमाण्डौको भृकुटी मण्डपको पर्यटन बोर्डमा ‘कोशी टप्पुका चराहरू र हाम्रो सम्बन्ध’ शिर्षकमा एकल चित्रकला प्रदर्शनी आयोजना गरे । जसबाट जीवनाथ पोखरेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चरा विज्ञको रूपमा परिचित गरायो । त्यसपछि चित्रकलामा केही तात्विक फरक देखाउनु पर्छ भन्ने सोच अगाडि बढाए ।

‘एक दिन विहानको खाना खाएर घरको आँगनमा टोलाएर बसेको थिएँ । नजिकैको सुपारीको बोटबाट पाकेको दाना झर्यो । मध्यान्हको सन्नाटालाई कौतुहलपूर्ण बनायो । नजिकै गएर सुपारीको दाना टिपें । केहीबेर हातमा खेलाउँदै जाँदा चराको बचरो खेलाएको भान पर्यो । त्यसबाट चरा बन्छ जस्तो लाग्यो । बनाएका चित्र राख्ने क्यानभासमा गएर माटोको खुट्टा र पुच्छर जोडेर रंग लगाएँ । त्यसपछि मैले प्रतिपादन गरेको एन–आर्टले सार्थकता पाएजस्तो लाग्यो ।

र, एकछिन त हर्षविभोर नै भएँ ।’ रंग र पेपर सबैले चलाए अब चित्रकलामा विकल्प खोज्नु पर्छ भनेर २०६६ सालमा एन– आर्ट को परिकल्पना गरे । आधुनिक कलामा उत्तरवर्ती प्रयोग र सार्थक सिद्धान्तको प्रतिपादन गरे । एन– आर्ट अर्थात् फाइव एनको अर्थः–
एन– नेशनल (मौलिकता)
एन– नेचुरल (प्राकृतिको स्रोतको उपयोग)
एन– न्यू (जीवनको अभिव्यक्ति)
एन– नाइस (सौन्दर्यात्मक गुण)
एन– नर्मल (मूर्त आधार)

ख्यालख्यालमै गरेको झ्याल पर्यो भनेझैं अकल्पनीय अवस्थामा गरेको कामबाट साँच्चै चरो बन्यो ।

अब त्यसलाई राख्ने कहाँ ? साना–साना चरा घाँसमा, रुखमा, बगरमा बस्छन् । तिनलाई बस्नको लागि पनि न्याय गर्नुपर्छ भन्ने लागेर उनले वासस्थानलाई पनि प्राकृतिक बनाउने सोच अगाडि बढाए ।

जस अनुसार सुपारीको बोक्राबाट बनाएका चरा बस्न (एन– आर्ट प्रतिपादित सिद्धान्त अनुसार) उनले प्रयोग गर्ने चारकोलको रंग (अँगार), अनारका हाँगा, आँपका हाँगा, रहरीको बोट, सनपाटको बोट (सन्ठी), खयरका हाँगालाई डढाएर अँगार बनाउने अनि त्यसलाई रंगमा परिवर्तन गरेर बनाउँछन् । यी रुख विरुवाहरू तिव्र विनासको क्रममा रहेको हुँदा पातको प्रयोग नगरेको उनी बताउँछन् ।

सुपारीको बोक्राबाट बनाएका चराले वास्तविक चराको स्वरूप दिएपछि तिनले मन पराउने वासस्थानको लागि आफ्नो चित्रकलामा सिमसार क्षेत्रमा पाइने लेउ, पत्कर, ढुंगा, घुँगी, सितुवा, खरआदिको प्रयोग गरिएको छ । उनले प्रयोग गरेका चित्रकलाका सामाग्री (मेटेरियल) आजसम्म विश्वको कुनै मूलुकमा पनि नक्कल गरिएको छैन । यो नै चित्रकलामा विश्वको नयाँ र नौलो प्रयोग हो ।

यस्ता प्रतिभालाई सरकारी तवरबाट कस्तो सहयोग भयो त ? भन्ने प्रश्नमा २०६६ सालमा तात्कालिन नेपाल सरकारले ललित कला प्रतिष्ठान गठन गरेर ४ वर्षका लागि प्राज्ञ सभाषद बनाएको उनी बताउँछन् । नेपालका वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली उनका घरमा बेला–बेलामा आउने जाने क्रम जारी छ । अब त केही सहयोगको अपेक्षा गर्नुहुन्छ होला नि ? भन्दा उनी भन्छन् ‘हामी सहयोगको अपेक्षा गर्दैनौ । गरेपनि ठिक नगरेपनि ठिक ।’

कसैले गर भन्दैमा नहुने र त्यस्तो चेत अन्तरात्माबाटै आउनुपर्ने बताउँछन् । सामान्य चिनजानमा अरु धेरै कुछ गर्छन् तर देशका शक्तिशाली व्यक्तिसँग व्यक्तिगत सम्बन्ध बनाउनु भएको तपाईं किन पछाडि भन्दा उनी ‘चाकडी गर्नु भनेको सुन्निएर मोटाउनु हो’ भन्छन् । माग्नु भनेको तुच्छ काम भएकाले आफ्नै स्वाभिमानमा बाँच्न चाहन्छन् ।

कलाकार भनेको लहरा हुन् । यी आफैं तन्किने प्रयास गर्छन् । थाङ्ग्रा र फेदमा मलपानीको जोहो गरिदियो भने लहरिन्छन् । नभए ठिंगुरिन्छन्, क्रकिन्छन् र अन्त्यमा फूल चिचिलै नलागी वोइलिन्छन्, मर्छन् । त्यसकारण गर्दा सक्नेले मलपानीको जोहो गरेको खण्डमा प्रतिभा मौलाउन सक्छन् ।
२०६६ सालमा बबरमहलको आर्ट ग्यालरीमा प्रर्दशनीमा राखिएका चराका चित्र सबैले मन पराए । तर, आजसम्म जीवनाथ एउटा विलक्षण प्रतिभाका मूर्तीको संरक्षणमा कसैले पनि एक कञ्चो खर्चिएका छैनन् ।

उनका संग्रहित चित्रकला राख्ने ग्यालरीमा बनाईका चित्रकलाहरू यत्रतत्र छरपस्ट अवस्थामा छन् । उनले जति स्याहार्न सके त्यतीमात्र संग्रहित गरे । धुलैधुलोमा लपेटिएका चित्र व्यवस्थित तरिकाले सिसाको फ्रेमभित्र राखेर व्यवस्थित गरेको खण्डमा यो स्थान पर्यटकीय गन्तव्य बन्ने पक्का छ ।

सदरमुकामबाट करिब २ किमीको दुरीमा रहेको जीवनाथका प्रतिभा संरक्षणका लागि स्थानीय स्तरबाटै पहल गर्नुपर्ने देखिन्छ । जीवन रहँदै सबैले सकेको केही गरेको खण्डमा उत्कृष्ठतामा बढोत्तरी हुने पक्का छ ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३