Breaking News

विराट गोल्डकप : झापा ११ सेमीफाईनलमा प्रवेश

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०६:४२

विराटनगर, २० चैत । Caverta for sale, clomid reviews. रिजालको मोरङ ११ लाई टाइब्रेकरमा निराश पार्दै कटहरी गोल्डकपको विजेता रमपम झापा ११ विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रङशशालमा गएराती सम्पन्न खेलमा मोरङलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गरी झापा ११ विजयी भएको हो । जितको लागि झापा ११ का योगेश गुरुङ, विश्वास श्रेष्ठ, छिरीङ गुरुङ, देवेन्द्र तामाङ र माइकल मिचेलले गोल गरी टिमको जित सुनिश्चत गरे ।

मोरङको तर्फबाट दिपक राई, अशोक खवास, बुद्धिमान राईले गोल गरेका थिए भने मोरङका साइमान लिम्बुको प्रहार बाहिरियो । निर्धारितसमय र थप गरिएको अक्तिरिक्त समयमा ३–३ गोलले बरावरी भएपछि खेल टाइब्रेकरबाट खेलको छिनोफानो भयो ।

जीतसँगै झापाले चैत २१ गते हुने नेपाल पुलिस क्लब र नेपाल आर्मी क्बलबीचको बिजेता टीमसँग सेमिफाइनल खेल खेल्नेछ । आक्रमक रुपमा लयमा देखिएको मोरङ ११ खेलको २१ औं मिनटेमा कप्तान दिपक राईको गोलमार्फत अगाडी बढेको थियो ।

बीस यार्डबाट प्रहार गरेकोे फ्रि किकलाई कप्तान राईले सोझै गोल गरी टिमलाई अग्रता दिलाए । झापाका पुजन उपरकोटीले मोरङका बुद्धिमान राईलाई फल गरेपछि फ्रि किक पाएको थियो ।

पहिलो गोल गरेको सात मिनेट बित्न नपाउँदै मोरङ ११ लाई अर्काे गोल निरज बस्नेतले २८ औं मिनेटमा डिबक्सबाट थपेका थिए । झापा ११ का विश्वास श्रेष्ठले दिएको क्रस पासलाई कर्ण लिम्बुले ३१ औं मिनेटमा डिबक्स भित्रबाट प्रहार गरी गोल गरेपछि २–१ मा झरेको थियो ।

पहिलो हाफमा २–१ गोल अन्तरले मोरङ ११ ले आग्रता कायम राखेको थियो । दोस्रो हाफपछिको खेलको ५० आंै मिनेटमा झापाका खेलाडी मुस्ताक लावरले आत्मघाती गोल गर्दै मोरङको अग्रता फराकिलो पारे ।

तर, ५८ मिनेटमा झापाका मिचेलले गोल गरी टिमलाई ३–२ मा ल्याए । मोरङले अग्रता लिएपछि झापाले दोस्रो हाफमा आक्रमक खेलेको थियो । खेल सकिएर थपिएको मिनेटमध्ये २ मिनेट बाँकी रहँदा खेललाई झापाले बराबरीमा समेट्यो । त्यो गोलसँगै मैदानमा रेफ्रीलाई अपशब्द बोलेका मोरङका निरज बस्नेतले रातो कार्ड पाएर बाहिरिए ।

अरिक्तिसमयसम्म मोरङ ११ दश टिममा खेल खेलेको थियो । खेलको म्यान अफ द म्याच झापा ११ अबुबका याकुप घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको मंगलबारको खेल सशस्त्र प्रहरी बल र संकटा क्बल बीच हुने छ ।ampicillin

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

arunkhabar@gmail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३