प्रकाशित : २० चैत्र २०७४, मंगलवार ०६:४३

विराटनगर, १९ चैत । Viagra Super Active no rx, order dapoxetine. प्रदेश १ को प्रदेशसभाले प्रदेश आर्थिक कार्यविधि बिधेयक २०७४ सर्वसम्मत रुपमा पारित गरेको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बिधेयक पारित गरियो भनी गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

चैत १४ गते सरकारले संसदमा पेश गरेको बिधेयकमा ७२ घण्टाको संशोधन हाल्ने समय दिइएकोमा कसैले पनि संशोधन नहालेपछि बिधेयक सर्वसम्मत रुपमा पारित भएको छ । यो बिधेयक पारित भएसँगै अब प्रमाणीकरणको लागि प्रदेश प्रमुख समक्ष पेश हुनेछ । प्रदेश प्रमुखले प्रमाणित गरेपछि बिधेयक कानुन बन्नेछ । प्रदेश सरकार अन्र्तगतका सरकारी कोषको परिचालन, राजस्व संकलन, कोषको नियगमन तथा नियन्त्रणको लागि आवश्यक पर्ने विधेयक संसदले पारित गरेको हो ।

बिधेयक संसदबाट पारित भएर प्रमाणिकरण भएपछि प्रदेश सरकारलाई बजेट निर्माण गर्न र खर्च गर्ने बाटो खुल्नेछ । ११ परिच्छेद र ६४ दफा रहेको बिधेयक २५ पृष्ठमा समेटिएको छ । प्रदेशका पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धि बिधेयक निर्माण गर्न प्रदेश सरकारले सैद्धान्तिक सहमति दिएपनि बिधेयक तयार भइसकेको छैन ।

प्रदेश संसदमा कुनैपनि बिधेयक पेश नभएकोले संसद बैठक चैत २८ गतेसम्मका लागि सभामुख प्रदिपकुमार भण्डारीले स्थगित गर्नुभएको छ । विजनेश नभएकै कारण संसद बैठक लामो समयको लागि स्थगित भएको हो ।avana

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३