प्रकाशित : १९ चैत्र २०७४, सोमबार ०७:११


विराटनगर, १९ चैत । Apcalis SX Oral Jelly for sale, buy clomid. विराटनगरमा जारी पाँचौं संस्करणको विराट गोल्डकप फुटवल प्रतियोगितामा आजदेखि क्वाटरफाईनलका खेल शुरु हुँदैछ ।
साझ ६ वजे शुरु हुने पहिलो क्वाटरफाईनलमा रिजालको मोरंग ११ र रमपम झापा ११ वीच प्रतिष्पर्धा हुँदैछ । रिजालको मोरंग ११ ले उद्घाटन खेलमा भुटानको थिम्पु फुटवल क्लवलाई पराजित गरि क्वाटरफाईनलमा प्रवेश गरेको हो भने झापा ११ भने बाई पाएर क्वाटरफाईनलमा प्रवेश गरेको हो ।
यसअघि हिजो सम्पन्न खेलमा पाहुना टोली भारतको मोहम्मदन स्पोर्टिङ क्लब कोलकातालाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
१–० गोल अन्तरले कोलकातालाई स्तब्ध पार्दै संकटाले विजयी सुरुवात गरेको हो । प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार राशिको नगद पुरस्कारसहित कप प्राप्त गर्ने छन् ।
प्रत्येक दिनहुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कारसहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिने आयोजकले बताएको छ ।sildenafil