प्रकाशित : १८ चैत्र २०७४, आईतवार १६:२५


विराटनगर, १९ चैत । Silvitra tab buy online, online Zoloft. पाहुना टोली भारतको मोहम्मदन स्पोर्टिङ क्लब कोलकातालाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराती सम्पन्न भएको खेलमा १–० गोल अन्तरले कोलकातालाई स्तब्ध पार्दै संकटाले विजयी सुरुवात गरेको हो । निर्धारित समय गोल रहित बराबरीमा सकिएको थियो ।
संकटाको कठिन जितमा अफ्रिकन खेलाडी जिब्रेल नायक बने । संघर्षपूर्ण खेलमा थप गरिएको अतिरिक्त समयको १३ औं मिनेटमा गोल गर्दै उनले संकटाको जित पक्का गरे । लक्ष्मण रुचालको क्रस पासलाई जिब्रेलले भली गर्दै पोष्टको दिशा दिंदा संकटाको भाग्य चम्किएको हो । संकटाको फिनिसिङ पक्ष कमजोर हुँदा जितका लागि उसले अतिरिक्त समय कुर्न परेको थियो ।
कोलकाताको तुलनामा गोल गर्नका लागि पाएका धेरै अवसरलाई उसले सदुपयोग गर्न सकेन । संकटाले गोल गर्नका लागि पाएका आधा दर्जन बढी सुन्दर अवसर खेर फाल्यो । उसको तुलनामा कोलाकाताले अवसर कम सिर्जना गर्न सक्यो । तर पाएका अवसरमा विपक्षी बार तोड्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो ।
खेलको सुरुवाती र अन्तिम समयमा पाएका तीनवटा राम्रा अवसरले पोष्टको दर्शन गर्न नसक्दा कोलकाता स्तब्ध बनेर घर फर्कियो । खेलको म्यान अफ दी म्याच संकटाका कप्तान सरोज दाहाल घोषित भए ।
उनलाई प्रदेश नम्बर १ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक पशुपति उपाध्यायले १० हजार नगद पुरस्कार प्रदान गर्नु भयो । आज आयोजक रिजालको मोरङ–११ र रमपम झापा–११ बीच प्रतिष्प्रर्धा हुने छ ।pharmacy