प्रकाशित : १८ चैत्र २०७४, आईतवार १६:२०

विराटनगर, १८ चैत । buy tadalafil, acquire zithromax. बालबालिकाको अधिकारको क्षेत्रमा कार्यरत पुरानो गैरसरकारी सस्था मानव अधिकार तथा वातावरण मञ्च (फरेन)को शनिबार सम्पन्न विशेष साधारण सभाले यज्ञप्रसाद शर्मालाई अध्यक्षमा निर्वाचित गरेकोछ ।

संस्थाका अध्यक्ष चुडामणि आचार्य प्रदेश नम्बर एकको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनु भएपछि आयोजित विशेष साधारण सभाले फरेनका संस्थापक उपाध्यक्ष शर्मालाई अध्यक्षमा र संस्थापक सदस्य मीना नेपाललाई उपाध्यक्षमा सर्वसहमतिबाट निर्वाचित गरेको हो ।
फरेनको सचिवमा खिलानाथ निरौला र कोषाध्यक्षमा इन्दिरा पोखरेल हुनुभएको छ भने सदस्यहरूमा अमृता मोक्तान, राजकुमार विश्वास र अफसाना प्रवीण रहनुभएको छ । सात सदस्यीय कार्यसमितमा चार महिलासहित समावेशी टिम रहेको छ ।

मानव अधिकार र वातावरणलाई कार्यक्षेत्र बनाई वि.सं. २०५१ मा मोरङमा स्थापना भएको फरेनले मोरङको तत्कालीन विराटनगर उपमहानगरपालिका र तेतरिया गाउँ विकास समितिलाई क्रमशः पहिलो बालमैत्री उपमहानगरपालिका र पहिलो बालमैत्री गाविस घोषित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । फरेनकै पहलमा मोरङका तीनवटा गाविसहरू तेतरिया, पोखरिया र दादरबैरियालाई बाल विवाहमुक्त गाविस घोषित भएको थियो ।

फरेन राष्ट्रिय तहमा बाल सहभागिताको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरूको सञ्जाल कन्सोर्टियम र बाल संरक्षणको क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाहरूको राष्ट्रिय सञ्जाल राष्ट्रिय बाल संरक्षण सञ्जालको सदस्य रही आएको छ ।

साधारण सभामा निवर्तमान अध्यक्ष चुडामणि आचार्य, सदस्यहरू भुपेन्द्र लावती, कुशेश्वर कामत, रामलाल साह, राजकुमार विश्वास , दीपक निरौला, अमृता मोक्तान लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३