प्रकाशित : १७ चैत्र २०७४, शनिबार १७:१४

order sildenafil, lioresal online. फिदिम १७ चैत । पाँचथरको हिलिहाङ गाउँपालिका ७ का वडाध्यक्ष तिर्थराज तिम्सिनाको मृत्यु प्रकरणमा जोडिएको भीम योक्पाङदेन र उनका छोरा सुवास लाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु मध्ये भीमलाई हिलिहाङ ७ थित उनकै घर र छोरा सुवाषलाई फिदिम ४ को इटाभट्टावाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनीहरुले गत चैत ११ गते हिलिहाङ ७ स्थित सम्वेवा खण्डको अनुगमनका क्रममा वडाध्यक्ष तिम्सिनालाई हातपात गरेको आरोप लागेको थियो ।

सडक निर्माण गर्दा योक्पाङदेनद्वयको घरमा लगेको विजुलीको तार चुँडाएको विषयलाई लिएर आफुमाथि कुटपिट भएको भन्दै तिम्सिनाले चैत १५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको पाँचथरका प्रहरी प्रमूख डिएसपी बामदेब गौतमले वताउनुभयो ।

सुगर र उच्च रक्तचापका विरामी ६४ वर्षीय तिम्सिना कुटपिट पश्चात शारिरिक र मानसिक रुपमा कमजोर भएपछि उपचारका लागि चैत १६ गते फिदिम स्थित पाथिभरा अस्पतालमा भर्र्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसक्ने भन्दै डाक्टरले रेफर गरेपछि उपचारका लागि झापा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

यसैविच गाँउपालिकाका कार्यवाहक अध्यक्ष गोपी भण्डारीले घटनाका दोषीलाई कारवाही हुनुपर्ने बताउनुभएको छ ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३