प्रकाशित : १६ चैत्र २०७४, शुक्रबार १८:४५


फिदिम १६ चैत । Cialis soft FRUIT buy online, online Zoloft. पाँचथरको हिलिहाङ गाँउपालिका वडा नम्वर ७ का वडाध्यक्ष तिर्थराज तिम्सिनाको आज निधन भएको छ ।
लामो समय शिक्षण पेशा पछि वडाध्यक्षमा निर्वाचित तिम्सिनाको उपचारका लागि झापा लैजाने क्रममा निधन भएको हो ।
तिम्सिनाले हिजो मात्रै हिलिहाङ ७ कै भिम योक्पाङदेन र उनका छोरा सुवाष योक्पाङदेनले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरमा जाहेरी दिनुभएको थियो ।
आफुलाई सार्वजनिक स्थलमा छातीमा समातेर पछार्दै कुटपिट गर्नुका साथै अपशव्द प्रयोग गरेर गाली गरेको भनी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिनुभयो ।
तिम्सिनाले योक्पाङदेन बाबुछोराले हिजो कुटपिट गरेको बताउनुभएको थियो । जाहेरी दिएर घर फिरेका तिम्सिनालाई आज अप्ठेरो महशुष भएपछि उपचारका लागि लैजाँदै गर्दा इलामको नेपालटार पुगेपछि निधन भएको परिवारिक स्रोतले जनाएको छ ।
उहाँलाई कुटपिट गर्ने बिरुद्ध केहि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा दर्ता भएपनि आरोपीहरु पक्राउ परेका छैनन । तिम्सिनाको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको छ । कुटपिटकै कारण निधन भएको हो वा होइन भन्ने विषयमा निक्र्यौल गर्न भने पोष्टमार्टम रिर्पोटको प्रतिक्षा गर्नुपर्ने प्रहरीले जनाएको छ ।avana