प्रकाशित : १६ चैत्र २०७४, शुक्रबार १८:४०


Tadacip online, cheap dapoxetine. विराटनगर, १६ चैत । मोरङको पथरीशनिश्चरे नगरपालिका १० स्थित शिविर डाँडामा आज भएको सवारी दुर्घटनामा परेर शिक्षकको मत्यु भएको छ ।
दुर्घटनामा सोलुखुम्बु घर भई मोरङको केरावारी गाउँपालिका २ कल्याणकारी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक २४ वर्षीय मदन राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार को १ ख ४१५४ नम्बरको यात्रुबहाक बसले शिक्षक राईले चलाएको बा ५७ प ५७२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।clomid