प्रकाशित : १६ चैत्र २०७४, शुक्रबार ०६:३८

Intagra for sale, lioresal reviews. विराटनगर, १६ चैत । विराटनगरमा भोलीदेखि पाँचौं संंस्करणको विराट गोल्डकप शुरु हुँदैछ । गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ ।

आयोजक समितीले हिजो साँझ शहिद मैदानमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । आयोजक समितीका अध्यक्ष नविन रिजालका अनुसार प्रतियोगिताको सवै काम अन्तिम चरणमा पुगेको वताउनु भएको छ ।

प्रतियोगितामा नेपाल, भारत, र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । भूटानको थिम्पु फुटबल क्लब, र भारतको मोहडन स्पोर्टिङ क्लब कलकत्ता, प्रतियोगितामा सहभागी हुने छन् ।

त्यसै गरी नेपालका मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस क्वल, नेपाल आर्मी क्लब, संकटा क्लब, रमपम झापा–११ र रिजालको मोरङ–११ गरी आठ वटा टिमले भाग लिनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ–११ र भूटानको थिम्पु फुटबल क्लबवीच खेल हुने छ । प्रतियोगिताको उपाधि जित्ने टिमलाई १२ लाख ७१ हजार र उप–विजेतालाई ५ लाख ५१ हजार राशिको नगद पुरस्कार सहित कप प्रदान गरिने छ ।

त्यस्तै टुर्नामेन्टको प्रत्येक दिनहुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कार सहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकल सहित पदक प्रदान गरिने छ ।

यस बाहेक प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, गोलकर्ता, व्यवस्थापक र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार राशिको पुरस्कार प्रदान गरिने छ ।fluoxetine

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३