प्रकाशित : १४ चैत्र २०७४, बुधबार १८:३८

buy Sildalis online, purchase lioresal. विराटनगर, १६ चैत । राष्ट्रपति बिद्यादेवी भण्डारीले मोरङको उर्लाबारी – ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा निर्मित मदन भण्डारी संग्रहालयको उद्घाटन गर्न आज आउँदै हुनुहुन्छ ।

संग्रहालय उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, पर्यटनमन्त्री रविन्द्र अधिकारी, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको पनि उपस्थिति रहने प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले जानकारी दिनुभयो ।

तत्कालीन नेकपा एमालेका महासचिव भण्डारीबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पुरातत्व विभागको आर्थिक सहयोगमा प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो ।

संग्रहालय भुईतला सहितको तीन तले छ भने जम्मा १६ वटा कक्ष रहेका छन् । संग्रहालय निर्माणदेखी सामाग्री व्यवस्थापनसम्म गर्दा तीन करोड रुपैयाँ खर्च भएको अध्यक्ष बरालले जानकारी दिनुभयो ।pharmacy

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३