प्रकाशित : १४ चैत्र २०७४, बुधबार ०६:४५

Gold Vigra without prescription, buy lioresal online. विराटनगर, १३ चैत  । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजिबी पत्रकारहरुको हित नै पत्रकार महासंघको पहिलो प्रथामिकता भएको बताउनु भएको छ ।

महासंघ मोरङ शाखाको संयोजनमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले मंगलबार विराटनगरमा आयोजना गरेको श्रमजिबी पत्रकार ऐन कार्यन्वयन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । पत्रकार महासंघको स्थापना नै श्रमजिबी पत्रकारहरुको हितको निम्ति भएकाले यसमा कसैसँग संझौता नहुने उहाँको भनाई छ ।

उहाँले मिडिया नीतिको संरचनामानै पुन ः संरचना गर्ने गरी महासंघले काम सुरु गरिसकेको जानकारी दिँदै अब पत्रपत्रिकाको बर्गिकरण गर्ने कार्य स्थानीय तहबाटै हुने स्पस्ट पार्नुभयो । अध्यक्ष आचार्यले भन्नुभयो–“ हिजो सिंहदरबारको अधिकार गाउँमा आएजस्तै अब सञ्चार क्षेत्रको अधिकार पनि स्थानीय तहमा आउँछ ।

पत्रपत्रिकाको बर्गिकरण, सेवा सुविधा र प्रेस पास लिन अब मोफसलका पत्रकारले काठमाण्डौ धाउने समय अब धेरै दिन छैन । ” अध्यक्ष आचार्यले अस्पतालहरुलाई जस्तै मिडिया उद्योगलाई पनि अब राज्यले सेवामुलक उद्योगको रुपमा अनुदान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले कामदार पत्रकारहरुलाई पारिश्रमिकहरुले मिडिया सञ्चालन गर्ने कुरामा सोच्नुपर्ने बताउनुभयो । उहाँले कतिपय अवस्थामा श्रमजिबी पत्रकारहरुले नै अग्रता लिन नसक्दा ऐन कार्यन्वयनमा समस्या देखा परेको छ भन्नुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले हरेक बर्ष पत्रकारको समस्याको बारेमा छलफल गरी प्रतिबेदन तयार पारेर नेपाल सरकारलाई प्रतिवेदन बुझाउँदै आएको छ । तर लामो समयसम्म अझै मिडियाले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन हुन सकेको छैनन् ।

कार्यक्रमम पारिश्रमिक निर्धारण समितिका सदस्य विबेक गौतम, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साल, महासंघ मोरङका पूर्व अध्यक्ष मोहन भण्डारी, महेन्द्र बिष्ट, पत्रकार लिलावल्लभ घिमिरे, गणेश लम्साल, महेन्द्र विष्ट लगायतले पत्रकारका समस्याको बारेमा धारणा राखेका थिए ।valtrex

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३